कोरोना संक्रमण ८ प्रतिशतमा झर्‍यो, बुधबार ११ सय संक्रमित थपिए – Nepal Press

कोरोना संक्रमण ८ प्रतिशतमा झर्‍यो, बुधबार ११ सय संक्रमित थपिए

थप ८ जनाको संक्रमणले मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ११५७ जना कोभिड बिरामी थपिएका छन् । १४ हजार ५४१ नमुना (पीसीआर १० हजार ६५२ र ३८८९ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

सोही अवधिमा थप ८ जनाको मृत्यु भएको छ । १११३ जना निको भएका छन् । मुलुकमा सक्रिय संक्रमित संख्या १८ हजार १९३ पुगेको छ ।

पछिल्लो २४ घण्टामै २ लाख ८६ हजारलाई कोभिडविरुद्धको खोप लगाइएको छ । बुधबारको दैनिक संक्रमण दर ७.९५ प्रतिशत छ ।

काठमाडौंमा २६५, ललितपुरमा ४२, भक्तपुरमा २८, कास्कीमा ३८, मोरङमा ७८, झापामा ७६, रुपन्देहीमा ५४ जना संक्रमित थपिएका छन् । ९ जिल्लामा मात्र सक्रिय संक्रमित संख्या ५०० भन्दा बढी छ ।

कूल संक्रमित संख्या ७ लाख ९४ हजार, कूल मृत्यु ११ हजार १२३ र कूल निको हुने संख्या ७ लाख ६४ हजार पुगेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर