‘रुदाने : विद्रोहको नेपाली नाम’ टीजर ट्रेलर रिलिज, २०२२ को मध्यमा फिल्म प्रदर्शन हुने – Nepal Press

‘रुदाने : विद्रोहको नेपाली नाम’ टीजर ट्रेलर रिलिज, २०२२ को मध्यमा फिल्म प्रदर्शन हुने

काठमाडौं । राजनीतिज्ञ रुपचन्द्र विष्टको जीवनीमा आधारित फिल्म ‘रुदाने : विद्रोहको नेपाली नाम’को अफिसियल टीजर ट्रेलर रिलिज भएको छ । फिल्म निर्माताले बुधबार विज्ञप्ति जारी गर्दै सन् २०२२ को मध्यसम्म फिल्म रिलिज गर्ने उल्लेख गरेका छन् । २ मिनेट ३३ सेकेन्ड लम्बाइको टीजरमा नेता विष्टको राजनीतिक संघर्षलाई चित्रण गरिएको छ ।

विष्ट र उनले प्रतिपादन गरेको थाहा दर्शनलाई फिल्ममा चित्रण गरिएको जनाइएको छ । टीजरमा विष्टकालिन समाज, संस्कृति, संघर्षलाई कुनै संवाद बिना प्रस्तुत गरिएको छ ।

विष्टको भूमिकामा दिव्यदेवले अभिनय गरेका छन् । नम्रता श्रेष्ठ, रवि गिरि ,सुभाष गजुरेल, अम्बर सुवेदी ,सरोज अर्याल, आलोक थामी, नमिता तामाङ, परिक्षितबिक्रम राणा, विभोर पोखरेल, सविना गोपाली, प्रकाश दाहाल, आइपी आचार्यको अभिनय छ । दावनल क्रियसनले निर्माण गरेको फिल्मका प्रमुख कार्यकारी निर्माता जागृत रायमाझी हुन् भने सहनिर्माता भानुभक्त थापा र सहायक निर्मातामा पदमकेशर कटुवाल र सहदेब प्रसाद सापकोटा छन् ।

‘सन् १९८० को दशकमा विष्टले थाहा दर्शन प्रतिपादन गरे र पछि त्यहि थाहा दर्शनलाई नै आधार बनाएर जनता जगाउने आन्दोलन थाहा आन्दोलन नै चलाए । रुदाने रुपचन्द्रले आफैलै आफैलाई दिएको नाम हो , जसको पूर्णरुप हुन्छ रु-रुप, दा-दामन, ने-नेपाल ।

लेखक तथा निर्देशकद्वयले वर्षौंलामो अध्ययनपछि यो बायोपिक फिल्म निर्माण गरेको बताएका छन् । ‘फिल्ममार्फत पुरानो पुस्ताले बिर्सिसकेको र नयाँ पुस्ताले चिन्दै नचिनेको रुपचन्द्र विष्टको जीवन र थाहा दर्शनसँग सम्बन्धित अनेकौ पाटाहरु उजागर गर्ने प्रयास गरिएको बताइएको छ’ विज्ञप्तिमा उल्लेख छ ।

हेर्नूस टीजर : 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर