अमेरिकाबाट नेपाल आएका किरण गजमेर बिमानस्थलबाट फर्काइए – Nepal Press

अमेरिकाबाट नेपाल आएका किरण गजमेर बिमानस्थलबाट फर्काइए

काठमाडौं । सांगीतिक रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ को तेस्रो संस्करणका विजेता किरण गजमेरलाई नेपाल प्रवेशमा रोक लगाइएको छ । उनको भिसाको म्याद सकिएकाले अध्यागमन कार्यालयले उनलाई सोमबार त्रिभुवन विमानस्थलबाट फर्काइदिएको हो ।

भुटानी शरणार्थीका रुपमा नेपाल आएका गजमेर पछिल्लो समय अमेरिकामा बसोबास गर्छन् । उनी अमेरिकी नागरिक भइसकेकाले नेपालको भिसा लगाएर भ्वाइस अफ नेपालमा भाग लिन आएका थिए । तर, उनको भिसाको म्याद गुज्रिसकेको अध्यागमन कार्यालयले जनाएको छ ।

नेपाल प्रेससँग कुरा गर्दै प्रमुख अध्यागमन अधिकृत शिशिर वैद्यले गजमेरलाई अध्यागमनबाटै फिर्ता गरिएको जानकारी दिए । ‘उहाँ टुरिस्ट भिसामा नेपाल आएर २७० दिन बस्नुभएको रहेछ । यस्तो भिसामा विदेशीहरु नेपालमा जम्मा १५० दिन मात्र बस्न पाउँछन्’ उनले भने ।

वैद्यका अनुसार गजमेर भिसा अवधिभन्दा १३० दिन बढी बसेका हुन् । गत सोमबार कतार एयरवेजको क्यूआर ६५० कलसाइनको जहाजमा गजमेर अमेरिकाबाट काठमाडौं आएका थिए । त्रिभुवन विमानस्थलमा ओर्लिएपछि उनलाई अध्यागमनले सोधपुछ गरेको थियो ।

‘उहाँ हामीसँग सोधपुछबिनै आउनुभएको थियो, त्यसैले जुन जहाजमा आउनुभएको थियो त्यसमै फिर्ता पठाइसक्यौं’ वैद्यले भने । अध्यागन नियमअनुसार गजमेर अब सन् २०२२ को जनवरीमा मात्र नेपाल आउन पाउनेछन् ।

‘सबैलाई नियम-कानून बराबर हुन्छ, सेलेव्रिटी भने छुट हुँदैन’ वैद्यले भने । भुटानी शरणार्थीको आप्रवासनका क्रममा परिवारसहित अमेरिका गएका गजमेरले त्यहीँको नागरिकता लिएका थिए ।


प्रतिक्रिया

One thought on “अमेरिकाबाट नेपाल आएका किरण गजमेर बिमानस्थलबाट फर्काइए

  1. Yedi gajmer lai visa sakiyeko karanle garda firtaa pathauna sakne sarkaari nikaya le 20.30 hajaar ko sankhya ma bhandaa badi nepalma banglades ka nagarik basera kaam gari raheka xan Jo bina visa bina pasport Indian hum bhandai xireka xan tesma gambhir rupmaa sambandhit nikaya ko dhyan jaos

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर