ईपीएलः भैरहवालाई ९० रनको लक्ष्य, विराटनगर १७.४ ओभरमा अल आउट – Nepal Press

ईपीएलः भैरहवालाई ९० रनको लक्ष्य, विराटनगर १७.४ ओभरमा अल आउट

काठमाडौं । भैरहवा ग्लाडिएटर्सको कसिलो बलिङसामु टिक्न नसकेको विराटनगर एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत कीर्तिपुरमा जारी खेलमा ८९ रनमा समेटिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १७.४ ओभरमा सबै विकेट गुमाएर ८९ रनको योगफल तयार गरेको छ । विराटनगरका लागि दिल्शान मुनविराले २० बलमा २ चौका र १ छक्कासहित सर्वाधिक २५ रन जोडे । सुमित महर्जन १३, अनिल साह र आशिफ शेख ११, रन बनाएर पेभेलियन फर्किँदा अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । बसन्त रेग्मी १० रनमा अविजित रहे ।

शानदार बलिङ गरेको भैरहवाका लागि धमिका प्रसाद र आरिफ शेखले ३/३ विकेट लिए । धमिकाले ३ ओभरमा ६ रन खर्चेर १ मेडनसहित ३ विकेट लिए । यस्तै, आरिफले ३ ओभरमा २३ रन खर्चेर ३ विकेट लिएका हुन् ।

अविनाश बोहराले दुई तथा दुर्गेश गुप्ता र कृष्ण कार्कीले समान १/१ विकेट लिए ।

आइतबारको पहिलो खेलमा पोखरा राइनोजविरुद्ध राम्रो सुरुआत गरेको भैरहवा वर्षाले खेल रद्द भएपछि अंक बाँड्न बाध्य भएको थियो । सोही दिन विराटनगर चितवन राइनोजसँग २ विकेटले पराजित भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर