माथिल्लो आँखुखोला जलविद्युतमा लगानी गर्दै अजय सुमार्गी – Nepal Press

माथिल्लो आँखुखोला जलविद्युतमा लगानी गर्दै अजय सुमार्गी

काठमाडौं । व्यवसायी अजय सुमार्गीले ३८ मेगावटको माथिल्लो आँखुखोला जलविद्युत आयोजनामा लगानी गर्ने भएका छन् ।

धादिङको रुवीभ्याली गाँउपालिका तथा खनियाबास गाँउपालिका साविकको ( साविक लापा, सेर्तुङ्ग, एवं झार्लाङ्ग गा.वि.स. ) मा निर्माण हुने धादिङ आँखुखोला हाइड्रो प्रा. लि. द्वारा प्रवर्द्धित ३८ मेगावाट क्षमता आयोजना सुमार्गीको नेतृत्वमा निर्माण हुन लागेको हो ।

सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाइमा नेपाल एसबीआई बैंक, नेपाल बङ्गलादेश बैंक, मेगा बैंक नेपाल, र सिभिल बैँकबाट ऋण लगानी गर्ने गरी प्रवर्द्धक कम्पनी एवं बैँकहरूबीच मंगलबार वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण सम्झौतामा हस्ताक्षर गरिएको छ ।

परियोजनाको अनुमानित लागत करिब ७ अर्ब ३३ करोड छ । जसमा बैंकहरूको स्वपुँजी अनुपातमा ७५ प्रतिशतले हुन आउने रकम ५ अर्ब ५० करोड बराबरको ऋण लगानी र २५ स्वपुँजी प्रवर्द्धकबाट जुटाइने बताइएको छ ।

४ वर्षभित्र उत्पादनको लक्ष्य रहेको सो आयोजना सबै कानूनी प्रक्रिया पूरा गरी निर्माणाधीन अवस्थामा छ । निर्माण सकिएपछि उत्पादित विजुली नेपाल विद्युत प्राधिकरणको नुवाकोटमा रहेको त्रिशुली ३ बी हव सवस्टेशनमा जोडिनेछ ।

कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ६६.७०० गिगावाट र वर्खामा १५२.४३८ गिगावाट गरी वार्षिक २१९.१३८ गिगावाट प्रतिघन्टा खुद विद्युत उत्पादन हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर