राष्ट्रपतिय चुनाव लड्न बक्सिङ स्टार पेचिनोले लिए सन्यास – Nepal Press

राष्ट्रपतिय चुनाव लड्न बक्सिङ स्टार पेचिनोले लिए सन्यास

मनिला । सन् २०२२ को राष्ट्रपतिय चुनावमा भाग लिने योजना रहेको बताउँदै विश्व बक्सिङ स्टार म्यानी पेचिनोले बक्सिङ खेलबाट सन्यास लिने घोषणा गरेका छन् ।

फिलिपिनो संसदका सदस्य समेत रहेका पेचिनोले आज फेसबुकमा १४ मिनेट लामो भिडिओ पोस्ट गर्दै ‘गुडबाइ बक्सिङ’ लेखेका छन् । उक्त भिडिओमार्फत उनले आफूले सबैभन्दा ठूलो राजनीतिक लडाइ लड्न लागिरहेको जनाएका छन् ।

‘मैले भर्खरैं घण्टीको अन्तिम आवाज सुनेँ । मेरा लागि अब बक्सिङ सकियो’ आठ विभिन्न स्पर्धामा विश्व विजेता रहेका पेचिनाले भावुक हुँदै भनेका छन् । ‘मैले मेरा बक्सिङको ग्लोभ्स थन्क्याउँदै यस्तो भन्नुपर्ने दिन आउँछ भनेर सोचेको थिइँन’ उनले भनेका छन् ।

हेर्नूस भिडिओ :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर