परराष्ट्रमन्त्री खड्काको शपथसम्बन्धी रिट हेर्न नभ्याइनेमा – Nepal Press

परराष्ट्रमन्त्री खड्काको शपथसम्बन्धी रिट हेर्न नभ्याइनेमा

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काको शपथ बदर गर्न माग गर्दै दायर रिटको सुनुवाइ आज नहुने भएको छ । सर्वोच्चले सपथ सम्बन्धी रिटलाई हेर्न नभ्याउनेमा राखेको छ । न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा सुनुवाइ तोकिएकोमा सर्वोच्चले हेर्न नभ्याइने जनाएको हो ।

खड्काले परराष्ट्रमन्त्रीका रूपमा लिएको पद तथा गोपनीयताको शपथ बदर गर्न माग गर्दै गत ६ असोजमा सर्वोच्चमा रिट दायर भएको थियो । अधिवक्ता विशाल न्यौपानेले कानुनी व्यवस्थाविना नै मन्त्री खड्काको शपथ भएको भन्दै रिट दायर गरेका थिए ।

संविधानको धारा ८० अनुसार संघीय कानुन बनाएर मात्र शपथको व्यवस्था गर्न रिटमा माग गरिएको छ। सो व्यवस्था अनुसार शपथ नलिएसम्म खड्कालाई परराष्ट्रमन्त्रीको हैसियतमा काम नगराउन अन्तरिम आदेश मागिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर