२५ औं ‘जेम्स बन्ड’ फिल्मको लन्डन प्रिमियर : रेडकार्पेटमा डेनियल क्रेगदेखि शाही परिवारसम्म (तस्बिरहरु) – Nepal Press

२५ औं ‘जेम्स बन्ड’ फिल्मको लन्डन प्रिमियर : रेडकार्पेटमा डेनियल क्रेगदेखि शाही परिवारसम्म (तस्बिरहरु)

समीक्षकले भने : फिल्म बन्ड श्रृंखलाकै उत्कृष्टमध्ये

लन्डन । जेम्स बन्ड फिल्मको २५ औं श्रृंखला ‘नो टाइम टु डाइ’को विश्व प्रिमियर गएराति लन्डनको रोयल अल्बर्ट हलमा सम्पन्न भएको छ ।

‘मान्छे मार्ने लाइसेन्स’ प्राप्त गरेको रुपमा विश्व चर्चित जासूस पात्र जेम्स बन्डको भूमिका चित्रण गरेका डेनियल क्रेग आफ्ना सहकलाकारसँगै रातो कार्पेटमा प्रस्तुत भए ।

सन् २०२० को मार्चमा आयोजना गरिएको विश्व प्रिमियर कोरोनाभाइरस महामारीलाई रोकथाम गर्न लगाइएको बन्दाबन्दीपछि बल्ल लन्डनमा आयोजना भएको हो ।

पछिल्लो समय बेलायतमा पुनः भाइरस संक्रमण बढिरहेको छ र महामारीको यही बीचमा जम्स बन्ड फिल्मले प्रिमियर आयोजना गरेको हो । रेडकार्पेटमा बेलायती राजकुमार प्रिन्स विलियम र केट मिडलटन पनि उपस्थित थिए ।

वर्षा र बादलबीच आयोजना भएको जेम्स बन्ड प्रिमियर निकै भव्य रह्यो । ‘हामीलाई हेर्नूस, हामी कहाँ छौं’ फिल्म प्रदर्शनअघि उत्साहित सुनिएका अभिनेता क्रेगले भने, ‘धरै फ्रन्टलाइन वर्कस हामीसँगै हुनुहुन्छ । यो फिल्म हामी उहाँहरुलाई समर्पित गर्न चाहन्छौं ।’

अस्कर विजयी अभिनेता रमी मलिकले फिल्मसँग जोडिनुमा खुशि लागेको बताउँदै आफूलाई हिच्किचाहट नभएको अनुभव सुनाए । केरी जोरी फुकुंगा निर्देशित फिल्म बिहीबारदेखि बेलायतमा रिलिज हुँदैछ । बेलायतमा पहिलो सप्ताहन्त फिल्मले ९० मिलियन डलर कमाउने अनुमान छ ।

खोपको पूर्णमात्रा लगाएकालाई मात्र प्रिमियरमा सहभागि गराइएको थियो । हलभित्र सामाजिक दूरी थिएन भने कसैले पनि मास्क लगाएका थिएनन् । यस्तो लाग्थ्यो –लन्डन सामान्य अवस्थामा फर्कने तयारी गर्दैछ ।

फिल्मले समीक्षकबाट उत्कृष्ट समीक्षा प्राप्त गरेको बीबीसीले जनाएको छ । बेलायती म्यागजिन द टाइम्सले फिल्मलाई फाइभ स्टार रेटिङ दिएको छ । ‘यो फिल्मले उत्कृष्टभन्दा पनि राम्रो छ अर्थात निकै आकर्षक’ समीक्षामा भनिएको छ ।

तर, केही समीक्षकले भने १६३ मिनेट लामो फिल्मबाट आफूहरु केही सन्तुष्ट भएपनि पूर्णरुपमा न्याय नगरेको बताए । द गार्जियनले पनि फिल्मलाई फाइभ स्टार रेटिङ दिँदै फिल्ममा हुनुपर्ने सबै तत्व यसमा समावेश भएको लेखेको छ ।

फिल्मलाई पनि एप्पल इन्टरटेनमेन्टले नेपालमा रिलिज गर्ने तयारी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर