कपनबाट चार वर्षीय भारतीय बालक हराए, छिमेकीले अपहरण गरेको आशंका – Nepal Press

कपनबाट चार वर्षीय भारतीय बालक हराए, छिमेकीले अपहरण गरेको आशंका

काठमाडौं । काठमाडौंको कपनबाट चार वर्षका बालक हराएका छन् । भारत घर भइ कपनको टहरोमा बस्दै आएका विनोद शर्माका छोरा पियुस हराएका हुन् ।

सोमबार दिउँसो साढे चार बजे छोराको अपहरण भएको भन्दै बुवाले महानगरीय प्रहरी परिसर बुढानिलकण्ठमा निवेदन दिएका छन् । प्रहरी स्रोतका अनुसार बालकलाई चिनजानकै व्यक्तिले लगेको देखिएको छ । ती व्यक्तिको पहिचान भइसकेको महानगरीय प्रहरी परिसर काठमाडौंको प्रहरी स्रोतले बतायो ।

प्रहरीका अनुसार नजिकै रहेको अर्को टहरोमा बस्दै आएका शंकर दासले बालक अपहरण गरी लगेको देखिएको हो । अपहरणमा परेका बालक र अपहरणमा संलग्न भनिएका दास दुबैको घर भारतमा रहेको बुझिएको छ ।

सोमबार दिउँसो साढे चार बजेबाट बालकलाई लिएर दास वेपत्ता भएका छन् । मोबाइल समेत आफ्नै कोठामा छाडेर बालक लिएर वेपत्ता भएको प्रहरीले जनाएको छ । सोमबारदेखि वेपत्ता भएपछि प्रहरीले उनको खोजी जारी राखेको छ तर अहिलेसम्म दास र बालकलाई फेला पार्न सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर