चीनमा पानी जहाज दुर्घटना हुँदा बाह्रको मृत्यु, कैयौँ बेपत्ता – Nepal Press

चीनमा पानी जहाज दुर्घटना हुँदा बाह्रको मृत्यु, कैयौँ बेपत्ता

बेइजिङ । चीनको गुझाउ प्रान्तमा भएको पानी जहाज दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । जान्क नदीमा भएको दुर्घटनामा परी अरु तीन जना हराईरहेका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

अत्यधिक भारीका कारण पानी जहाज पल्टीएको हुनसक्ने प्रारम्भीक अनुमान गरिएको छ । दुर्घटना भएका बेला जहाजमा कुल ४० यात्रु रहेका थिए । घटनापछि अरुलाई उद्धार गरिएको थियो भने हराईरहेकाहरुको अहिले पनि खोजी भइरहेको जनाइएको छ ।

खोजीका लागि ५० भन्दा बढी उद्धार जहाज, २१४ जना उद्धारकर्तालगायत परिचालन गरिएको छ ।
रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर