नेप्सेमा लागतार तेस्रो दिन पनि पहिरो कायमै, ५ अर्बको कारोबार – Nepal Press

नेप्सेमा लागतार तेस्रो दिन पनि पहिरो कायमै, ५ अर्बको कारोबार

काठमाडौं । नेप्सेमा लगातार तेस्रो दिन पनि भारी अंकले गिरावट आएको छ । आज नेप्से परिसूचक ७०.०१ अंकले घट्दै २६१५.४० विन्दुमा पुगेको छ ।

आज १ करोड ३० लाख ३४ हजार ८२८ कित्ताको कारोबारमा ५ अर्ब ७४ करोड ५४ लाख ८८ हजार १७९ रुपैयाँ बराबरको कारोबार भएको छ । आज नेप्सेको उपसूचक सबै रातो भएको छन् ।

जसमा सबैभन्दा धेरै फाइनान्स कम्पनीका शेयर धनीले ७.३७ अंकले गुमाउन पुगेका छन् । यसैगरी हाइड्रोपावर कम्पनी र विकास बैंकका शेयर धनीले पनि उच्च अंकले गुमाउन पुगेका छन् ।

आज सबैभन्दा धेरै कुमारी बैंकको १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसैगरी आज मैलुङ खोला र मनकामना लघुवित्तको शेयरमा भने सकारात्मक सर्किट लागेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर