जन्डिस बढेपछि वर्षमानलाई भोलि बिहानै बैंकक लैजाने तयारी – Nepal Press

जन्डिस बढेपछि वर्षमानलाई भोलि बिहानै बैंकक लैजाने तयारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि थाइल्याण्डको बैंकक लैजाने तयारी भएको छ ।

पुनलाई भोलि बिहान ६ बजे बैंकक लैजाने तयारी भएको उनका स्वकीय सचिव सन्तोष पुनले नेपाल प्रेसलाई जानकारी दिए । उनको स्वास्थ्यमा समस्या देखिएपछि दुई दिनअघि अस्पताल भर्ना गरिएको छ ।

केही चेकजाँचपछि उनको शरीरमा जण्डिसको मात्रा देखिएको थियो । घरमा आराम गर्दा र औषधी खाँदा पनि त्यसमा केही सुधार नआएपछि चिकित्सकले उपचारका लागि बैंकक लैजान सुझाव दिएको पुनले जानकारी दिए।

वर्षमान यसअघि पनि बिरामी भएका थिए । शुरूमा भाइरल ज्वरो आएर भाइरल निमोनिया भएपछि उनलाई थाइल्याण्ड लगेर उपचार गरिएको थियो । त्यहाँ करिब महिना दिन बसेर उपचार गरेर उनी स्वदेश फर्किएका थिए ।

उनले विगत पाँच वर्षदेखि बैंककमै उपचार गराइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर