झापाको दमकमा किसानलाई मेगा बैंकको सहुलियत कार्ड – Nepal Press

झापाको दमकमा किसानलाई मेगा बैंकको सहुलियत कार्ड

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले झापाका किसानहरूलाई मेगा किसान कार्ड वितरण गरेको छ ।

परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक कृषि खेतीको प्रवर्द्धनका लागि हिमशिखर एग्रो एण्ड हर्ब रिसर्च सेन्टर प्रा.लि. सँगको सहकार्यमा झापाको दमकमा मेगा किसान कार्ड वितरण गरिएको हो ।

सम्झौतापश्चात मेगा बैंकले हिमशिखर एग्रोसँग आवद्ध ग्रामीण भेगका किसानहरुलाई कृषि उत्पादनका लागि साना तथा मझौला र प्रचलित नियमबमोजिम सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण व्यवसायिक कृषि तथा पशुपालन कर्जा प्रदान गर्दै आएको छ ।

मेगा बैंकले कृषकहर”लाई बैंकको किसान क्रेडिट कार्ड उपलब्ध गराउँदै आएको छ । यस कार्डमार्फत कृषकहरूले कृषि सामाग्री, बीऊ, मल, किटनाशक औषधीलगायतका सामान पसलबाट खरिद गर्न सक्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर