जितेन्द्र सोनल बने लोसपा प्रदेश २ संसदीय दलका नेता – Nepal Press

जितेन्द्र सोनल बने लोसपा प्रदेश २ संसदीय दलका नेता

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ संसदीय दलको नेतामा जितेन्द्र सोनल निर्वाचित भएका छन् ।

दलका नेता चयन गर्न जनकपुरस्थित होटल सिटी स्टारमा लोसपा अध्यक्ष महन्थ ठाकुरको प्रमुख आतिथ्यमा बैठक बसेको थियो । तर सहमती नजुट्दा अबेर राति भएको निर्वाचनबाट दलका नेतामा सोनल निर्वाचित भएका हुन् ।

लोसपाको १६ सांसद छन् । जसमध्ये ९ मत ल्याएर सोनल दलका नेता बने । उनीसँग प्रतिस्पर्धा गरेका उपेन्द्र महतोले मात्र ६ मत पाए । एक मत बदर भएको बुझिएको छ ।

दलका नेता बनेका सोनल बारा क्षेत्र नम्वर ४ ‘ख’ बाट निर्वाचित सांसद हुन् । तत्कालिन राजपा संसदीय दलका नेताको हैसियतले उनी यस प्रदेशमा भौतिक पूर्वाधार विकास मन्त्री बनेका थिए ।

तर महन्थ ठाकुर पक्षको रहेको भन्दै सोनललाई जसपाका मुख्यमन्त्री लालबाबु राउतले मन्त्री पदबाट बर्खास्त गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर