गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा पत्रकार विष्णु सुवेदी नियुक्त – Nepal Press

गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा पत्रकार विष्णु सुवेदी नियुक्त

काठमाडौं । सरकारले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा गुल्मीका विष्णु प्रसाद सुवेदीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले पत्रकार सुवेदीलाई चार वर्षका लागि कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो ।

अन्नपूर्ण पोष्टमा कार्यरत सुवेदी विगत २ दशकअघिदेखि पत्रकारितामा छन् । केपी ओली सरकारले नियुक्त गरेको कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले राजिनामा दिएपछि रिक्त रहेको अध्यक्ष पदमा सरकारले सुवेदीलाई नियुक्त गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *