मल आयो भण्डारण गर्ने ठाउँ छैन: कृषि मन्त्रालय – Nepal Press

मल आयो भण्डारण गर्ने ठाउँ छैन: कृषि मन्त्रालय

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. कृष्णप्रसाद आचार्यले नेपालमा अबको समस्या मल भण्डारण र वितरण भएको बताएका छन् ।

सोमबार ललितपुरमा मलखाद व्यवसायी संघ नेपालको पाचौँ साधारण सभा तथा दोस्रो महाधिवेशनमा बोल्दै कृषि विकास सचिव आचार्यले नेपालमा अबको समस्या मल स्टोरेज र वितरण भएको बताएका हुन् ।

उनले स्टोरेज गर्ने कुरा साल्ट ट्रेडिङ वा कृषिको गोदाम मात्रै नभएर कसरी लैजाने र कहाँ जम्मा गरेर राखिरहेका छौँ भन्ने कुरा मुख्य रहेको बताए । कृषि विकास सचिव आचार्यले नेपाली आयातकर्ताहरुले पछि दिएपनि हुने मललाई समय भन्दा अघि नै मल दिएको बताए ।

कृषि सचिव आचार्यले भने, ‘आगामी दिनहरुमा प्रमुख रुपमा उठ्ने अर्को मुद्दा भनेको यसको गुणस्तर हो, गुणस्तरमा स्टोरेज फ्यासालिटीले धेरै फरक पार्छ, स्टोरेज जाने बेलामा यहाँ कृषि अथवा साल्ट ट्रेडिङको गोदामको मात्रै विषय होइन, हामीले लगेर कहाँ कसरी राख्छौँ ? भन्ने पनि छ, कसरी लैजान्छौँ,ट्रान्सपोटेशन कुराहरु गर्दा पानी पर्ने, हावा लाग्ने,लगेर कहाँ राख्ने ? हुनत प्लास्टिक छ, तर त्यसले पनि सधैँ थेगिरहन्छ भन्ने जरुरी छैन,त्यसैले यसमा व्यवसायीहरुले पनि एकदमै ध्यान दिनुपर्छ, गुणस्तर र नियमनको विषयलाई अझ बढी बिस्तृत बढाउने प्रक्रियामा लागि परेका छौँ, नेपाली आयात कर्ताको कुरा गर्दा हामी अहिले खुशी पनि छौँ, हमीले पछि दिए हुनुपर्ने मल अहिल्यै दिएका छन्, त्यो दायित्व, क्षमता इम्पोटरको मात्रै होइन, डिस्ट्रीब्यूटरहरुले पनि देखाउनुपर्यो, मल धेरै किसानसँग जोडिएको छ र सबैले शंका, आशंकाको दृष्टिकोणले हेर्ने भएकोले पर्फमेन्स गरेर शंका, आशंकालाई चिर्नुपर्ने बेला आएको छ ।’

कार्यक्रममा मन्त्रालयका पशुपंक्षी विकास सचिव डा. गोविन्दप्रसाद शर्माले मलमा कृषकहरुका लागि फार्म, फर्म र फ्याक्ट्रीको आवश्यक रहेको बताए ।

पशुपंक्षी विकास सचिव शर्माले भने ‘हामीले तीन वटा कुरामा ध्यान दिनुपर्छ, फार्म, हामीले किसानको खेतबारीमा मल पुर्याउने हो, त्यसैले किसानको खेतबारी चाहिएको समयमा मल पुग्नुपर्छ, अर्को फर्म हो जो,यसको वितरण व्यवस्थापन, सप्लाइ, समुचित व्यवस्थापन,सहभागि हुनुहुन्छ,यसमा तपाईहरु इम्पोटर पनि हुनुहुन्छ,होल्सेलर र रिटेलर पनि हुनुहुन्छ, अर्को फ्याक्ट्री हो, धेरैजसो त हामी डिपेण्डेन नै छौँ, केही मात्रामा हामी मिक्स फोटीलाइजर इम्पोट गर्दछौँ, यो तीनवटा मलको आपूर्ति, व्यवस्थापन, प्रयोगमा जोडिएका पात्रहरु हुनुहुन्छ,यो बीचमा किसानलाई फार्मसँग जोड्ने र फ्याक्ट्री र फार्मसँग जोड्ने काम व्यवसायीहरुले गरीरहनुभएको छ, तपाईहरुको संघ धेरै ठूलो भूमिकामा हुनुहुन्छ ।’

त्यस्तै कार्यक्रममा कृषि सामग्री कम्पनी लिमिटेडका प्रवन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले मलखादलाई सहकारी बाहेकको जस्तो संगठन बनाउन खोजेको आरोप लगाए । उनले मलखादले विधान परिमार्जन गर्ने कुरा गरिरहेको भन्दै संगठनलाई खुला बनाएर लैजान अनुरोध गरे । उनले मलखाद सहकारीलाई समेत प्रशिक्षित गर्ने थलो बनोस् भन्ने सुनाउँदै अनुशासित र इमान्दार भएर कृषकको सेवामा लाग्नुपर्ने औँल्याए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर