राष्ट्र बैंकको राष्ट्र ऋण ब्यवस्थापन विभागको नाम परिवर्तन – Nepal Press

राष्ट्र बैंकको राष्ट्र ऋण ब्यवस्थापन विभागको नाम परिवर्तन

काठमाडौं । नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागको नाम गरिवर्तन गरिएको छ । साविकको राष्ट्र ऋण व्यवस्थापन विभागको सट्टा मौद्रिक व्यवस्थापन विभागु कायम गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

भदौ ३० गते वसेको नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको संस्थागत योजना तथा जोखिम विभागले जनाएको छ ।

यस विभागले अर्थमन्त्रालयको समन्वयमा बजारमा आवश्यक पर्ने तरलता व्यवस्थापन गर्ने काम गर्दछ । तरलता अभाब भएको समयमा यस विभागले बजारमा आवश्यक पर्ने तरलता इन्जेक्ट गर्छ भने अधिक तरलताको भएको समयमा तरलता प्रसोचन गर्ने गर्दछ ।

खुल्ला बजार करोबार मार्फत यस विभागले विभिन्न प्रकारका विकास पत्र,बण्ड जारी गरेर मौद्रिक व्यवस्थापनमा महत्वपुर्ण भुमिका खेल्ने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर