प्रदेश- २ मा लोसपा संसदीय दलको पहिलो बैठक नै स्थगित – Nepal Press

प्रदेश- २ मा लोसपा संसदीय दलको पहिलो बैठक नै स्थगित

जनकपुरधाम । नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश- २ संसदीय दलको पहिलो बैठक स्थगित भएको छ ।

दलका नेता छान्नका लागि आज दिउँसो २ बजे जनकपुरस्थित सिटी स्टार होटलमा बैठक बस्ने भनिएको थियो । लोसपा अध्यक्ष महन्थ ठाकुर, बरिष्ट नेता राजेन्द्र महतो र प्रदेश साँसदहरु दिउँसो करिब ५ बजे सिटी स्टार होटल पुगेका थिए ।

होटलमा पुगेरका नेताहरुले दलको नेता कसलाई बनाउने कुरामा आन्तरिक सहमती जुटाउन सकेनन् । त्यसपछि बैठक स्थगित गरिएको हो । आन्तरिक तयारी नपुगेकाले बैठक स्थगित गर्नुपरेको एक साँसदले बताए ।

सांसद प्रमेश्वर साह भन्छन्, ‘संसदीय दलको विधान पारित भएको छैन । आज विद्यान बाँडिएको छ । सबैले अध्ययन गरिसकेपछि भोलीको बैठकमा विद्यान पारित गरेर दलका नेता चयन गर्ने प्रक्रिया सुरु हुन्छ ।’

सांसद एवं प्रदेश २ का पूर्वमन्त्री जितेन्द्र सोनललाई दलका नेता बनाउने सम्भावना बलियो छ । यद्दपी लोसपा बरिष्ट नेता महतोका भतिजा नातामा पर्ने सांसद उपेन्द्र महतोले पनि दलका नेतामा दावी गरेपछि सहमती जुटाउन समस्या भएको स्रोतले जनाएको छ । लोसपा प्रदेश- २ मा १६ साँसद छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर