चितवनका पालिकामा संस्थापन इतर समूह हावी – Nepal Press

चितवनका पालिकामा संस्थापन इतर समूह हावी

चितवन । नेपाली कांग्रेसको पालिकास्तरीय अधिवेशन अन्तर्गत चितवनमा संस्थापन इतर पक्ष हावी देखिएको छ । चितवनका सात पालिकामध्ये हालसम्म ५ पालिकाको परिणाम आइसकेको छ । जसमध्ये सभापति शेरबहादुर देउवा निकट १ जना र वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट ४ जना सभापति निर्वाचित भएका छन् ।

पौडेल पक्षबाट इच्छाकामना गाउँपालिकामा कृतिकुमार श्रेष्ठ, माडी नगरपालिकामा कोमलनाथ भूसाल, कालिका नगरपालिकामा दिव्यश्वर केसी र खैरहनी नगरपालिकामा गुणराज श्रेष्ठ सभापतिमा निर्वाचित भएका छन् । संस्थापन पक्षका देवेन्द्र लामा राप्ती नगर सभापतिमा निर्वाचित भएका छन् ।

भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाको मतदान भने जारी छ । भरतपुरमा देउवा पक्षका २ र पौडेल पक्षका ३ गरी ५ जना प्रतिस्पर्धामा छन् । त्यस्तै रत्ननगरमा देउवा पक्षबाट प्रल्हाद सापकोटा र पौडेल पक्षबाट रुपनराज घिमिरे प्रतिस्पर्धामा छन् । ३ निर्वाचन क्षेत्र रहेको चितवनमा ७ स्थानीय तह रहेका छन् । कांग्रेसको महाधिवेशनमा चितवनबाट कुल ७५ जना महाधिवेशन प्रतिनिधि सहभागि हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर