एमालेमा सात उपाध्यक्ष राख्ने सुझाव, स्थायी कमिटीमा थप छलफल गरेर निर्णय हुने – Nepal Press

एमालेमा सात उपाध्यक्ष राख्ने सुझाव, स्थायी कमिटीमा थप छलफल गरेर निर्णय हुने

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीमा सातजना उपाध्यक्ष राख्नेबारे स्थायी कमिटीमा थप छलफल हुने भएको छ ।

केन्द्रीय सदस्यहरूले दिएको सुझावबारे अध्यक्ष केपी शर्मा ओलीले सकारात्मक सुझावलाई ग्रहण गरिने जवाफ दिएका छन् ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रचार विभाग प्रमुख योगेश भट्टराईले तीनको ठाउँमा सात उपाध्यक्ष राख्नेबारे आएका सुझावलाई आउने स्थायी कमिटी बैठकमा राखेर थप छलफल गरिने बताए ।

एमालेको प्रस्तावित विधान मस्यौदामा ३ उपाध्यक्ष राखिएको छ । तर, बैठकमा नेताहरूको व्यवस्थापनलाई समेत ध्यान दिँदै ७ उपाध्यक्ष राख्न सुझाव आए पनि यसबारे निर्णय नभएको उनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर