गोरखाका ११ पालिकामा कांग्रेसको सभापति को भए ? – Nepal Press

गोरखाका ११ पालिकामा कांग्रेसको सभापति को भए ?

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत गोरखाका ११ वटै स्थानीय तहको नेतृत्वका लागि भएको निर्वाचनको परिणाम सार्वजनिक भएको छ । गोरखा नगरपालिकाको सभापतिमा चन्दनबाबु खत्री विजयी भएका छन् । पालुङटार नगरपालिकाको सभापतिमा विमल ढकाल निर्वाचित भएका छन् ।

गण्डकी गाउँपालिकाको सभापतिमा होमबहादुर राना र धार्चे गाउँपालिकाको सभापतिमा सन्तबहादुर गुरुङ सर्वसहमत चयन भएका छन् । शहीद लखन थापा गाउँपालिकाको सभापतिमा काशीनाथ अंगाई र अजिरकोट गाँउपालिकाको सभापतिमा जंगबहादुर गुरुङ निर्वाचित भएका छन् ।

त्यस्तै भीमसेन थापा गाउँपालिकाको सभापतिमा नारायण भट्टराई निर्वाचित भएका छन् । चुमनुव्री गाउँपालिकाको सभापतिमा सूर्य गुरुङ, सुलिकोट गाउँपालिकामा जितबहादुर घले र सिरान्चोक गाउँपालिका सभापतिमा भक्तबहादुर गुरुङ निर्वाचित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर