देउवाको गृहजिल्ला डडेल्धुरामा को को भए पालिका सभापति ? – Nepal Press

देउवाको गृहजिल्ला डडेल्धुरामा को को भए पालिका सभापति ?

डडेल्धुरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका ७ वटै स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । जिल्ला सभापति कर्ण मल्ल पक्षले वडा अधिवेशनदेखि नै बहिस्कार गरे पनि शनिबार सातवटै पालिकामा अधिवेशन भएको हो ।

अधिवेशनको परिणाम अनुसार परशुराम नगरपालिकाको सभापतिमा भरत बडायर जोशी निर्वाचित भएका छन् । अमरगढी नगर सभापतिमा खेमराज भट्ट्, अजयमेरु गाउँपालिका सभापतिमा टेकराज पाण्डेय र नवदुर्गा गाउँपालिका सभापतिमा भोजराज भट्ट निर्वाचित भएका छन् ।

त्यस्तै भागेश्वर गाउँपालिका सभापतिमा डम्बरराज जोशी र गन्यापधुरा गाउँपालिकाको सभापतिमा ईन्द्र कार्की बिजयी भएका छन् ।

सभापति देउवाको गृह जिल्ला डडेल्धुरामा संस्थापन इतर समूहले बहिस्कार गर्दै आए पनि निर्वाचन समितिले नगर अधिवेशन सम्पन्न गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर