थप ५ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक, ८ जिल्लाको अझै बाँकी – Nepal Press

थप ५ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक, ८ जिल्लाको अझै बाँकी

काठमाडौं । नेपाली कांग्रेसले विवादित १३ मध्ये ५ जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक गरेको छ ।

निर्वाचन समितिमार्फत डोल्पा, सुर्खेत, बाँके,महोत्तरी र सिराहाको क्रियाशील सदस्यता सूची सार्वजनिक भएको हो । अझै ८ जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक हुन बाँकी छन् ।

कांग्रेसमा ६४ जिल्लामा वडा र नगर अधिवेशन प्रारम्भ भइसकेका छन् ।

क्रियाशील सदस्यता सार्वजनिक हुन बाँकी जिल्लामा सप्तरी, धनुषा,सर्लाही, रौतहट, बारा, पर्सा, रसुवा र कैलाली रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर