बुटवलमा खाँण समूहका केसीलाई दोब्बर मतले हराउँदै पाण्डे विजयी – Nepal Press

बुटवलमा खाँण समूहका केसीलाई दोब्बर मतले हराउँदै पाण्डे विजयी

रूपन्देही । नेपाली काँग्रेस बुटवल नगर सभापतिमा खेलराज पाण्डे विजयी भएका छन्। प्रतिद्वन्द्वी रीता केसीलाई झन्डै दोब्बर मतले हराउँदै पाण्डे विजयी भएका छन् ।

पाण्डे पौडेल पक्ष हुन भने केसी देउवा पक्षका। पाण्डे हाल पनि नगर सभापति नै हुन्। उनी तेस्रो पटक नगर सभापतिमा निर्वाचित भएका हुन।
उनले ४ सय १२ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी रिता केसीले १ सय १४ मत ल्याइन। यस्तै उपसभापतिमा ज्योति भण्डारी र हितमान पुन विजयी भएका छन्।

सचिवमा गङ्गा पन्थी र छापा पोखरेल विजयी भएका छन् । यस्तै सहसचिवमा देवलाल अर्गाली र पुरुषोत्तम खनाल निर्वाचित भएका हुन ।
रुपन्देहीको तिलोत्तमामा हरिलाल पाण्डे विजयी भएका थिए। उनी देउवा निकट हुन्। उनले पौडेल पक्षका उम्मेदवार नारायण न्यौपानेलाई हराउँदै नगर सभापति भएका हुन्। पाण्डे खाँड समूहका हुन्।

पाण्डेले १ सय ७४ ल्याउदा पौडेल समूहका नारायण न्यौपानेले १ सय ७२ मत ल्याएका थिए भने हरि तिवारीले ३० मत ल्याएका थिए । सैनामैना नगरपालिकाको सभापतिमा रण बहादुर खनाल १ सय २६ मतसहित विजयी भएका छन् । उनी देउवा समूहका हुन् ।

खनालले प्रत्यासी कृष्ण प्रसाद पोखरेललाई २४ मतको अन्तरले हराएका हुन् । खनालले १ सय २ मत प्राप्त गरेका थिए । सैनामैना ६ कलौनीस्थित सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा भएको अधिवेशनमा २ सय ४० मत खसेको थियो । १२ मत भने रद्द भएको छ । नगरमा २ हजार २ सय २४ जना क्रियाशील सदस्य छन् ।

रुपन्देहीको देवदह नगरमा नगर सभापति गुनाखर भुर्तेल विजयी भएका छन् । उनले १सय ३ मत ल्याउदा झविन्द्र प्रसाद पाण्डे १ सय मत ल्याएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर