एमाले केन्द्रीय कमिटी बैठक लम्बियो, भोलि अध्यक्ष ओली लगायतले जवाफ दिने – Nepal Press

एमाले केन्द्रीय कमिटी बैठक लम्बियो, भोलि अध्यक्ष ओली लगायतले जवाफ दिने

काठमाडौं । दुई दिनदेखि जारी नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक लम्बिएको छ। ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रष्ठिानमा बसेको बैठकमा विधान महाधिवेशनमा पेश गरि विभिन्न प्रस्तावउपर समूहगत छलफल भएको थियो।

हिजोदेखि शुरु भएको बैठकले तीन प्रस्तावमा छलफल गर्न १० वटा समूह बनाएको थियो । समूहगत छलफल सकिएपछि टोली नेताहरुले निष्कर्ष बैठकमा सुनाएका थिए। आज समूहगत सुझाव पेश गर्ने काम मात्रै भएकाले अध्यक्ष केपी शर्मा ओली लगायतले जवाफ दिने काम नसकिएकाले बैठक लम्बिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए। बैठक भोलि ११ बजेसम्मलाई स्थगित भएको छ।

अध्यक्ष ओलीले राखेको राजनीतिक प्रतिवेदन, महासविच ईश्वर पोखरेलले राखेको सांगठानिक र उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संधोधन प्रस्तावमा छलफल चलेको थियो। जबजको मार्ग निर्देशनमा लोकतान्त्रिक जनवादी क्रान्ति सम्पन्न भएको र त्यसलाई संस्थागत गर्दै समाजवादको आधार निर्माण गर्ने कार्यदिशालाई अगाडि बढाउनुपर्छ भन्ने सुझवा आएको भट्टराईले बताए।

त्यस्तै एउटै कम्युनिष्ट पार्टी बनाउने कार्यदिशालाई पनि एमालले अगाडि बढाउनुपर्ने सुझाव आएको उनले बताए। ‘प्रत्येक तहमा युवाहरुको उल्लेख्य सहभागिता हुनुपर्छ भन्ने सुझाव पनि छ,’ भट्टराईले भने, ‘नीति निर्माणदेखि जनप्रतिनिधिसम्म त्यस्तो सहभागिताको माग गरिएको छ।’

तस्तै पार्टीलाई समावेशी र राष्ट्रिय चरित्रको बनाउनुपर्ने सुझाव आएको पनि उनले जानकारी दिए। आउँदो निर्वाचनमा पहिलेको भन्दा राम्रो परिणाम ल्याउने गरि सम्पूर्ण शक्तिसाथ अगाडि बढ्नु्पर्ने, उपाध्यक्षहरु प्रादेशिक ढंगले सहज हुने गरि ७ जना राख्नुपर्ने लगायतका सुझाव आएको पनि उनले जानकारी दिए।

उनका अनुसार केही केन्द्रीय सदस्यले लिखित सुझाव पनि दिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर