श्रुति श्रेष्ठको नेतृत्वमा फोटो पत्रकार क्लबको कार्यसमिती चयन – Nepal Press

श्रुति श्रेष्ठको नेतृत्वमा फोटो पत्रकार क्लबको कार्यसमिती चयन

काठमाडौं । नेपालका विभिन्न छापा सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरुको छाता संगठन पिजे क्लब नेपालको एघारौ साधारणसभा आज राजधानीमा सम्पन्न भएको छ । निर्वाचन अधिवेशनका रुपमा समेत सम्पन्न साधारणसभाले दुई वर्षका लागि श्रुति श्रेष्ठकोे अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

अध्यक्षमा श्रेष्ठ सहित उपाध्यक्षमा नेपाल रिपब्लिक मिडीयाका दिपेश श्रेष्ठ, महासचिवमा कान्तिपुर पब्लिकेशनका प्रकाशचन्द्र तिमिल्सेना र कोषाध्यक्षमा राजधानी दैनिकका द्धारिकाप्रसाद काफ्ले, सचिबमा नयाँ पत्रिका दैनिकका अमूल थापा निर्विरोध निर्वाचित भएका छन् ।

गोरखापत्रका बिकास द्धारे प्रवक्तामा चयन भएका छन् भने सदस्यहरुमा कान्तिपुरका अंगद ढकाल, सेतोपाटी डटकमकी निशा भण्डारी, देशसंचार डटकमकी बर्षा शाह, दि हिमालय टाईम्सका स्कन्द गौतम, अन्नपूर्ण पोस्टका दिपेन श्रेष्ठ र स्वतन्त्र फोटोपत्रकार लक्ष्मीप्रसाद ङाखुशी निरबिरोध चयन भएका छन् ।

निर्वाचित पदाधिकारीहरुलाई शनिबारै निर्वाचन समितिका संयोजक एआईपिएसका कोषाध्यक्ष नीरञ्जन राजबशी, बरिष्ठ फोटोपत्रकारहरु नरेन्द्र श्रेष्ठ, किरण पाण्डे, भास्वर ओझा तथा क्लबका पूर्वअध्यक्ष प्रकास माथेमा, पूर्वकार्यबहाक अध्यक्ष केशबराज थोकरले प्रमाणपत्र प्रदान गरे ।

नेपाल पत्रकार महासंघको बरिष्ठ उपाध्यक्ष रमेश बिष्टको प्रमुख आतिथ्यमा सम्पन्न भएको अधिवेशनमा एशोसियट प्रदेशका महासचिव रोयल आचार्य, क्लवका पूर्वअध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य बिकास कार्की र क्लवका पूर्वअध्यक्ष प्रकास माथेमाको उपस्थित थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *