पञ्चशील सहकारीले बाँड्यो १८ प्रतिशत बोनस, नयाँ सञ्चालक समिति चयन – Nepal Press

पञ्चशील सहकारीले बाँड्यो १८ प्रतिशत बोनस, नयाँ सञ्चालक समिति चयन

ललितपुर । ललितपुरको कुमारीपाटीमा अवस्थित पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यलाई १८ प्रतिशत मुनाफा दिएको छ । शनिवार आयोजित २१ औं वार्षिक साधारणसभामा अध्यक्ष राजु खतिवडाले सो जानकारी दिए ।

जुम तथा आधिकारिक फेसबुक पेजमार्फत आयोजना भएको साधारणसभामा संस्थाका कार्यकारी अध्यक्ष खतिवडाले संचालक समितिको तर्फबाट आर्थिक वर्ष २०७८/०७९ को लागि निति तथा कार्यक्रम, लक्ष्य र बजेट प्रस्तुत गरेका थिए ।

पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लि. को आर्थिक वर्ष ०७७/०७८ मा शेयर पूँजीतर्फ रु १४ करोड ७६ लाख १८ हजार ७ सय कायम हुन गएको उनले बताए । संस्थाले बचत (निक्षेप) तर्फ १ अर्ब ७४ करोड ५० लाख संकलन गरेको छ भने संस्थाले वार्षिक कारोबार २ अर्ब ६७ करोड ६२ लाख पुर्‍याएको सो अवसरमा जानकारी दिइयो ।

संस्थाको जगेडा कोष तथा अन्य कोष गरी जम्मा २३ करोड ४३ लाख ४१ हजार रहेको जानकारी खतिवडाले दिए । संस्थाले गत आ.व.०७७/०७८ मा रु ६ करोड ५४ लाख ७० हजार १ सय ३८ रुपैँया २५ पैसा खुद नाफा आर्जन गरेको छ । त्यस्तै एक करोड ८९ लाख ८१ हजार ५ सय ३५ रुपैँया ५१ पैसा आयकर तथा अन्य विभिन्न शीर्षकहरुमा राजस्वमा योगदान गरेको जानकारी दियो ।

सोही अवसरमा संस्थाले खरिद गरेको नयाँ भवन संस्थाका कार्यकारी अध्यक्ष राजु खतिवडाले उद्घाटन गरेका थिए । सोही साधारणसभाले अशोक बज्राचार्यको अध्यक्षतामा नयाँ सञ्चालक समिति समेत गठन गरेको छ । समितिको उपाध्यक्षमा देवेन्द्र प्रसदा श्रेष्ठ, सचिवमा घनश्याम धमला र कोषाध्यक्षमा राम प्रसाद गिरी चयन भएका छन् ।

सदस्यहरुमा जीवनदेवी शाक्य , राजेन्द्र शाक्य र भोलानाथ ढुङ्गाना निर्विरोध नयाँ कार्य समिति चयन भएका छन् भने लेखा समितिमा संयोजक शेषराज दाहाल, सदस्यमा रामप्रसाद निरौला र सदस्य रुपेश भट्टराई निर्विरोध चयन भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर