एमाले केन्द्रीय कमिटी बैठक: समूहगत निष्कर्ष सुनाउन टोली नेतालाई १० मिनेट – Nepal Press

एमाले केन्द्रीय कमिटी बैठक: समूहगत निष्कर्ष सुनाउन टोली नेतालाई १० मिनेट

काठमाडौं । दुई दिनदेखि चलिरहेको नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी छ।

विधान महाधिवेशनका लागि प्रस्तुत तीनवटा दस्तावेजमाथि समूहगत छलफल सकिएपछि नेकपा बैठक शुरु भएको हो।

राजनीतिक प्रतिवेदन, सांगठानिक र विधान संशोधन प्रस्तावमाथि छलफल गर्न हिजोको बैठकले १० समूह बनाएर टोली नेता तोकेको थियो।

छलफल सकिएपछि बैठकमा टोली नेताहरुले समूहगत निष्कर्ष सुनाइरहेका छन् । निष्कर्ष पेस गर्न प्रत्येक टोली नेतालाई १० मिनेट दिइएको छ।

प्रदेश १ बाट हिक्मत कार्की, प्रदेश २ बाट रामचन्द्र मण्डल, वागमतीबाट आनन्द पोखरेल, गण्डकीबाट जगत विश्वकर्मा र लुम्बिनीबाट दलबहादुर राना टोली नेता छन्।

त्यस्तै कर्णालीबाट यामलाल कँडेल, सुदूरपश्चिमबाट कर्ण थापा, उपत्यका विशेषबाट माधव ढुंगेल र जनवर्गीय संगठन तथा विभागहरुबाट खिमलाल भट्टराई टोली नेता छन्।

बैठकमा टोली नेताहरुले समूहगत निष्कर्ष र सुझाव सुनाइसकेपछि केन्द्रीय कमिटीले आवश्यक परिमार्जनसहित प्रतिवेदनहरु पारित गर्नेछ।

समूहबाट आएका सुझावहरुमाथि अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णु पौडेलले जवाफ दिने छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर