एमाले केन्द्रीय कमिटी शुरु हुँदै, समूहगत सुझाव पेस गर्ने टोली नेताहरुको तयारी – Nepal Press

एमाले केन्द्रीय कमिटी शुरु हुँदै, समूहगत सुझाव पेस गर्ने टोली नेताहरुको तयारी

काठमाडौं। विधान महाधिवेशनका लागि प्रस्तुत तीनवटा दस्तावेजमाथि समूहगत छलफल सकिएपछि नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक शुरु हुँदैछ ।

छलफल सकिएको र टोली नेताहरुले पूर्ण बैठकमा दिने प्रस्तुतिको तयारी गरिरहेको केन्द्रीय कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिए। ‘सबै समूहले आफ्नो छलफल सकाएका छन्,’ नेपाल प्रेससँग उनले भने, ‘अहिले चाहिँ टोली नेताहरुले आफूले प्रस्तुत गर्ने विषय तयार पार्दै छन् । सदस्यहरुको खाजा समय शुरु भएको छ। यो सकिनासाथ पूर्ण बैठक शुरु हुन्छ ।’

राजनीतिक प्रतिवेदन, सांगठानिक र विधान संशोधन प्रस्तावमाथि छलफल गर्न हिजोको बैठकले १० समूह बनाएर टोली नेता तोकेको थियो।

टोली नेतामा प्रदेश १ बाट हिक्मत कार्की, प्रदेश २ बाट रामचन्द्र मण्डल, वागमतीबाट आनन्द पोखरेल, गण्डकीबाट जगत विश्वकर्मा र लुम्बिनीबाट दलबहादुर राना चयन भएका छन्।

त्यस्तै कर्णालीबाट यामलाल कँडेल, सुदूरपश्चिमबाट कर्ण थापा, उपत्यका विशेषबाट माधव ढुंगेल र जनवर्गीय संगठन तथा विभागहरुबाट खिमलाल भट्टराई टोली नेता चयन भएका छन्।

उनीहरुले बैठकमा समूहगत निष्कर्ष र सुझाव सुनाउने छन्। त्यसका आधारमा केन्द्रीय कमिटीले आवश्यक परिमार्जनसहित प्रतिवेदनहरु पारित गर्नेछ।

समूहबाट आएका सुझावहरुमाथि अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णु पौडेलले जवाफ दिने भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर