आफ्नो टिकटक सेयर गरेको निहुँमा प्रहरी कार्यालयभित्रै गाउँपालिका उपाध्यक्षद्वारा पत्रकारलाई हातपात – Nepal Press

आफ्नो टिकटक सेयर गरेको निहुँमा प्रहरी कार्यालयभित्रै गाउँपालिका उपाध्यक्षद्वारा पत्रकारलाई हातपात

कालिकोट। शुभकालिका गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक पम्फाकुमारी शाहीले प्रहरी कार्यालय कालिकोटभित्रै पत्रकार ललित विष्टलाई हातपात गरेकी छन् ।

रेडियो नयाँ कर्णाली एफएमका प्राविधिक ललित विष्टलाई उपाध्यक्ष शाहीले आफूले राखेको कृषिमन्त्री कुर्मराज शाहीको टिकटकको समाचार साभार र सेयर गरेको भन्दै प्रहरी कार्यालय भित्रै मुक्का प्रहार गरेकी हुन् ।

उपाध्यक्ष शाहीले पत्रकार विष्टलाई प्रहरी कार्यालयभित्र छलफलका लागि बोलाएर मुद्दा फाँटको ढोकामा प्रवेश गर्दैगर्दा हातपात गरेकी थिइन् । ‘समाचार लेख्ने तै होस्’ भन्दै प्रहरीकै अगाडि उनले मुक्का हानेकी हुन् ।

उपाध्यक्ष शाहीले आफ्नो टिकटकमा रोमान्टिक गीतसहित मन्त्री शाहीको तस्बिर हालेकी थिइन् । उक्त विषयमा नेपाल प्रेसले समाचार प्रकाशित गरेपछि स्थानीय सञ्चारमाध्यमले साभार गरेका थिए ।

यो पनि पढ्नुस्:

गाउँपालिका उपाध्यक्षको टिकटकले कुर्मराज शाही फेरि चर्चामा


प्रतिक्रिया

One thought on “आफ्नो टिकटक सेयर गरेको निहुँमा प्रहरी कार्यालयभित्रै गाउँपालिका उपाध्यक्षद्वारा पत्रकारलाई हातपात

  1. हावा नचली पात हल्लिन्दैन । यो कर्णालीका कृषि मन्त्री कुर्मराज शाही त पतित नै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *