प्रधानन्यायाधीश विनाको संवैधानिक इजलास गठन हुन सक्छ कि सक्दैन ? आज टुंगो लाग्ने – Nepal Press

प्रधानन्यायाधीश विनाको संवैधानिक इजलास गठन हुन सक्छ कि सक्दैन ? आज टुंगो लाग्ने

काठमाडौं । प्रधानन्यायाधीश बिनाको संवैधानिक इजलास गठन हुन सक्ने कि नसक्ने भन्ने मुद्दाको आज टुंगो लाग्ने सम्भावना छ । न्यायाधीश हरि फुँयालको एकल इजलासले यसबारेमा लिखित जवाफ प्राप्त भएको ३ दिनपछि पेशी तोक्न दिएको आदेश बमोजिम आज पेशी तोकिदैछ ।

संवैधानिक परिषदले गरेका संवैधानिक नियुक्तिविरुद्धको रिटमाथिको सुनुवाईमा प्रधानन्यायाधीश बस्न नमिल्ने विवादपछि यो प्रकरण अदालतमा मुद्दाका रुपमा छ । प्रधानन्यायाधीशले सो मुद्दाको शुरु र फैसलाको दिन आफू नबस्ने भनेको भन्दै उक्त निर्णय संविधानविपरित भएको दावीसहित अधिवक्ता गणेश रेग्मीले रिट दर्ता गराएका थिए ।

सर्वोच्च अदालतले भने लिखित जवाफमा संविधान बमोजिम प्रधान न्यायाधीशबिनाको संवैधानिक इजलास गठन हुन नसक्ने र रिक्युजलको निर्णय न्यायाधीशको विवेकको कुरा भएको भनेको छ ।

प्रधानन्यायाधीश विनाको संवैधानिक इजलास बस्ने कि नबस्ने भन्ने मुद्दाको टुंगो लागेपछिमात्र संवैधानिक नियुक्तिहरुविरुद्धको रिटमाथि सुनुवाई अघि बढ्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर