बाइडेनले आयोजना गरेको कोभिडविरुद्धको भर्चुअल सम्मेलनलाई प्रधानमन्त्री देउवाको सम्बोधन (भिडिओ) – Nepal Press

बाइडेनले आयोजना गरेको कोभिडविरुद्धको भर्चुअल सम्मेलनलाई प्रधानमन्त्री देउवाको सम्बोधन (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको भर्चुअल कोभिड-१९ सम्मेलनलाई गएराती सम्बोधन गरेका छन् ।

राष्ट्रसंघीय महासभाको छेकोमा बाइडेनले विश्व नेताहरुलाई आयोजना गरेको उक्त सम्मेलनमा नेपालले पनि भाग लिएको हो ।

सम्बोधनमा देउवाले नेपालले सन् २०२२ अप्रिलसम्म लक्षित समूह (८० प्रतिशत)लाई कोभिडविरुद्धको खोप लगाइसक्ने बताए । खोपको न्यायपूर्ण वितरण हुनुपर्ने बताउँदै देउवाले कोभिड-१९ महामारी नियन्त्रणमा सबै एकजुट हुनुपर्ने बताए ।

नेपाललाई महामारीविरुद्ध अमेरिकाले उपलब्ध गराएको खोप र स्वास्थ्य सहायताप्रति पनि उनले धन्यवाद दिए । सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका विश्व नेताहरुले सम्बोधन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर