मिडियाबाट पन्छिन खोज्दै गायिका समीक्षा, पलसँगको गसिप छल्न प्रेसमिट बङ्क ! – Nepal Press

मिडियाबाट पन्छिन खोज्दै गायिका समीक्षा, पलसँगको गसिप छल्न प्रेसमिट बङ्क !

काठमाडौं । अभिनेता पल शाहसँगको सम्बन्धका प्रश्नले पछ्याउन थालेपछि गायिका समीक्षा अधिकारी मिडियाबाट पन्छिन थालेकी छिन् । हुनसक्छ यही कारण उनले राजधानीमा आयोजना गरिएको प्रेसमिट बङ्क गरिन् ।

बुधबार राजधानीको अनामनगरस्थित एक रेष्टुरेन्टमा नेत्र भण्डारी र समीक्षाको स्वरमा समावेश गीत रिलिज तथा गायकको जन्मदिन सेलिव्रेट गर्ने कार्यक्रम आयोजना गरिएको थियो । उक्त समारोहमा गायिका अधिकारी पनि पुगिन् । कार्यक्रम रिपोर्टिङ गर्न संचारकर्मी पनि त्यहाँ पुगेका थिए ।

कार्यक्रम सुरु हुनु अगाडि नै आयोजकले समीक्षालाई नायक पल शाहसँग सम्बन्धित कुरा नसोध्न पहिल्यै आग्रह गरेका थिए । यसका लागि मिडियाकर्मी पनि तयार थिए । तर, कार्यक्रममा पुगेकी समीक्षा भने समारोह सुरु नहुँदै बाहिरिइन् । उनी सुटुक्क निस्किएपछि आयोजक समेत बिलखबन्दमा परे ।

पत्रकारले दुई घण्टा समीक्षालाई कुरे तर उनी आइनन् । उनी नआएपनि मिडियाकर्मी पनि त्यहाँबाट उठेर हिँडे । मोडल एलिसा राइले आफू १० मिनेटका लागि भए पनि आउने जानकारी दिएपनि त्यहाँ गइनन् । दुबै गायिका तथा मोडल नआएपछि गायक भण्डारीले आफूहरुलाई जानकारी नदिइ सुटुक्क हिँडेको भन्दै दुःख व्यक्त गरे ।

पछिल्लो समय नायक पल र गायिका समीक्षाको निकटतालाई लिएर चर्चा छ । प्रेसमिट नै बङ्क गरेर हिँड्नुले उनी पलसँगको सम्बन्धलाई लिएर मिडियाले गर्ने प्रश्नबाट तर्किन खोजेजस्तो देखिन्छ । यसबारे चर्चा व्यापक भएपछि समीक्षाले फेसबुकमा स्टाटस लेख्दै आरोपको खण्डन गरेकी छिन् । स्टुडियोलाई पहिले नै समय दिइसकेकाले आफू निस्किएर हिँडेको जवाफ उनले दिएकी छिन् । स्टुडियो कामले मात्र बाहिरिएको तर, अनर्गल प्रचार हुँदा आफू दुःखित भएको उनको भनाई छ ।

समीक्षाले यसो हुनुमा अन्य कारण नभएको दावी पनि गरेकी छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर