राष्ट्रसंघीय जलवायु सम्मेलनका दूत काठमाडौं भ्रमणमा आइपुगे – Nepal Press

राष्ट्रसंघीय जलवायु सम्मेलनका दूत काठमाडौं भ्रमणमा आइपुगे

काठमाडौं । प्रशान्त तथा दक्षिण एसियाली क्षेत्र हेर्ने राष्ट्रसंघीय जलवायु सम्मेलन कोप-२६ का राजदूत केन ओ फ्लार्टी दुई दिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन् ।

४० दिनपछि बेलायतको ग्लास्गोमा आयोजना हुन लागेको सम्मेलनमा भाग लिने मुलुकका प्रतिनिधिसँग पछिल्लो तयारीबारे छलफल गर्न उनी आइपुगेको काठमाडौंस्थित बेलायती दूतावासले जनाएको छ ।

आजै उनले वन तथा वातावरण मन्त्रालयमा आयोजना गरिएको छलफलमा सहभागिता जनाए । सो अवसरमा उनले जलवायु संकटसँग जुध्न नेपाललाई ५० बिलियन डलर बराबरको सहायता परिचालन हुनुपर्ने धारणा राखे ।

बुधबार काठमाडौं आइपुगेका राजदूत फ्लार्टीले बेलायती राजदूत निकोला पोलिटसँग नेपालले कोप-२६ सम्मेलनमा भाग लिन गरिरहेको तयारीबारे समेत बुझेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर