अमेरिकी उपविदेशमन्त्री सेरमनद्वारा नेपालसहित पाँच दक्षिण एसियाली मुलुकका कूटनीतिज्ञसँग छलफल – Nepal Press
राष्ट्रसंघीय महासभा

अमेरिकी उपविदेशमन्त्री सेरमनद्वारा नेपालसहित पाँच दक्षिण एसियाली मुलुकका कूटनीतिज्ञसँग छलफल

इन्डो-प्यासिफिक क्षेत्रको सुरक्षाबारे छलफल

काठमाडौं । अमेरिकी उपविदेशमन्त्री वेन्डी आर सेरमनले आज राष्ट्रसंघीय महासभाको साइडलाइनमा नेपालसहित दक्षिण एसियाली मुलुकका कूटनीतिज्ञहरुसँग परामर्श गरेकी छिन् ।

नेपालका लागि राष्ट्रसंघीय स्थायी नियोगका राजदूत अमृत राई सहभागि उक्त परामर्श बैठकमा बंगलादेश, भुटान, माल्दिभ्स र श्रीलंकाका कूटनीति पनि सहभागि थिए ।

विश्वव्यापी साझा चुनौतिविरुद्ध मिलेर लड्न र लोकतान्त्रिक मूल्य मान्यता आदानप्रदान गर्ने बारे छलफल भएको उनले ट्वीटमार्फत जनाएकी छिन् । कोभिड-१९ महामारी, जलवायु परिवर्तन र आर्थिक पुनरात्थानबारे छलफल भएको उनले उल्लेख गरेकी छिन् ।

मैत्रीपूर्ण सम्बन्धलाई अघि बढाउँदै भविष्यमा पनि अमेरिकाले मिलेर काम गर्न चाहेको उनले जनाएकी छिन् । हिन्द प्रशान्त क्षेत्रको सुरक्षा र समृद्ध अन्तर्गत दक्षिण एसिया अमेरिकाका लागि महत्वपूर्ण रहेको समेत उनले जनाएकी छिन् ।

सेरमनसँगको छलफलमा भारत, पाकिस्तान र अफगानिस्तानका राजदूतहरु अनुपस्थित थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर