परराष्ट्रमन्त्री खड्कालाई चिनियाँ र अमेरिकी राजदूतको बधाई – Nepal Press

परराष्ट्रमन्त्री खड्कालाई चिनियाँ र अमेरिकी राजदूतको बधाई

काठमाडौं । चीन र अमेरिकी राजदूतले नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई बधाई दिएका छन् ।

ट्वीटरमार्फत अमेरिकी राजदूत र्‍यान्डी बेरी र चिनियाँ राजदूत होउ यान्छीले बधाई दिएका हुन् ।

चीन र नेपालको सम्बन्धलाई थप प्रगाढ बनाउन परराष्ट्रमन्त्री खड्कासँग मिलेर काम गर्ने चाहना राजदूत यान्छीले व्यक्त गरेकी छिन् ।

अमेरिकी राजदूत बेरीले चाहिँ जलवायु परिवर्तन, कोभिड-१९ महामारी र लोकतन्त्रको संरक्षणका लागि अमेरिकाले परराष्ट्रमन्त्रीसँग मिलेर काम गर्न चाहेको उल्लेख गरेका छन् ।

भारतीय विदेशमन्त्री डा. एस जयशंकरले हिजै बधार्ई दिँदै मिलेर काम गर्ने चाहना व्यक्त गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर