रियल मड्रिडको फराकिलो जितमा एसेन्सियोको ह्याट्रिक – Nepal Press

रियल मड्रिडको फराकिलो जितमा एसेन्सियोको ह्याट्रिक

एजेन्सी । मार्को एसेन्सियोले जारी सिजन पहिलो ह्याट्रिक पूरा गरेपछि स्पेनिस ला लिगामा रियल मड्रिडले मालोर्कामाथि ६-१ गोलअन्तरको फराकिलो जित हासिल गरेको छ । यो जितले रियललाई पुनः ला लिगाको शीर्ष स्थानमा फर्काइदिएको छ ।

सान्टियागो बर्नबाउमा एसेन्सियोसँगै करिम बेन्जेमाले २ तथा इस्कोले एक गोल गरेका थिए । यो जितसँगै रियलले ६ खेलबाट १६ अंक बनाएको छ । एक खेल कम खेलेको एट्लेटि मड्रिड १४ अंकसहित दोस्रो स्थानमा छ ।

खेलको तेस्रो मिनेटमै बेन्जिमाको गोलबाट रियलले अग्रता लिएको हो । २४, २९ र ५५ औं मिनेटमा गोल गरी एसेन्सियोले ह्याट्रिक पूरा गरेका थिए । खेलको २५ औं मिनेटमा मालोर्काका लागि ली काङले एक गोल फर्काएका थिए । इस्कोले खेलको अन्त्यतिर गोल गरेका थिए ।

मालोर्का ६ खेलबाट ८ अंकसहित तालिकाको दशौं स्थानमा छ । अन्य खेलहरुमा । भिल्लारियलले एल्चेमाथि ४-१ गोलको जित दर्ता गर्दा सेभिल्लाले भ्यालेन्सियालाई ३-१ ले पछि हराएको थियो । स्पान्योलले भलाभेसमाथि १-० को जित रचेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *