परराष्ट्रमन्त्री खड्कालाई भारतीय समकक्षी जयशंकरको बधाई, मिलेर काम गर्ने चाहना व्यक्त – Nepal Press

परराष्ट्रमन्त्री खड्कालाई भारतीय समकक्षी जयशंकरको बधाई, मिलेर काम गर्ने चाहना व्यक्त

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भारतीय समकक्षी डा. एस जयशंकरले बधाई तथा शुभकामना दिएका छन् । बुधबार बेलुका ट्वीटरमार्फत उनले खड्कासँग मिलेर काम गर्न इच्छुक रहेको जनाएका छन् ।

राष्ट्रसंघीय महासभामा भाग लिन न्यूयोर्क पुगेका भारतीय विदेशमन्त्री जयशंकर र नेपाली समकक्षी खड्काबीच सार्क विदेशमन्त्रीस्तरीय साइडलाइनमा भेटवार्ता हुने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर