निगमको अर्थ विभाग आन्दोलनकारीको नियन्त्रणमा, खाताबाट रकम निकालेर तलब खाने तयारी – Nepal Press

निगमको अर्थ विभाग आन्दोलनकारीको नियन्त्रणमा, खाताबाट रकम निकालेर तलब खाने तयारी

काठमाडौं । विगत ८० दिनदेखि काम ठप्प पारेर आन्दोलनमा उत्रिएका नेपाल वायु सेवा निगमका आन्दोलनकारी कर्मचारीले साउन र भदौको तलब निकासा गर्न अर्थ विभाग नियन्त्रणमा लिएका छन् ।

आन्दोलनका कारण निगमको सञ्चालक समिति बैठक नबसेको र बजेट पारित नभई तलब निकासा नहुने भए पनि निगमको खातामा सञ्चित रहेको रकम तलबका रुपमा बैंक ट्रान्सफर गर्न दबाब दिइएको छ ।

निगमकी अर्थ विभाग प्रमुख अनिशा खड्काले आफू अहिले बैठकमा रहेको भन्दै यसबारे प्रतिक्रिया दिन मानिनन् । साँझसम्म निगमको खाताको रकम कागजपत्र मिलाएर निकासा गराउने प्रक्रिया चलिरहेको आन्दोलनकारी एक कर्मचारी नेताले जानकारी दिए ।

निगम स्रोतले भन्यो- बजेट पास नभई तलब बाँड्न मिल्दैन । तर आन्दोलनकारी कर्मचारी र अर्थ विभागका अधिकारीहरु अहिले त्यसकै चाँजोपाँजो मिलाउन बसेका छन् । साउन र भदौको तलब एकैपटक लिने तयारी छ ।

आन्दोलनका कारण निगम सञ्चालक समितिको बैठक बसेको छैन । बैठकले नीति कार्यक्रम र बजेट पारित गर्न बाँकी छ । निगममा कर्मचारीको तलबबापत करीव १७ करोड मासिक खर्च हुन्छ ।

दुई महिनाको एकैपटक ३० करोडभन्दा बढी रकम निगमको खाताबाट निकाल्ने तयारी भइरहेको छ । साँझसम्म आन्दोलनकारी निगमको अर्थ विभागमा घेराबन्दी गरेका बसेका छन् । महाप्रबन्धक डिमप्रकाश पौडेलले भने आफूलाई यसबारे कुनै जानकारी नभएको बताए । आन्दोलनकारीले उनलाई कार्यालय प्रवेश गर्न दिएका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर