‘महानायक’ विवादमा राजेश हमालको जवाफ : कर्म सहि गर, फल प्राप्त हुनेछ ! – Nepal Press

‘महानायक’ विवादमा राजेश हमालको जवाफ : कर्म सहि गर, फल प्राप्त हुनेछ !

काठमाडौं । महानायक विवाद पुनः सुरु भएको छ । यसैसाता राजधानीमा आयोजित डाँडाको बरपीपल फिल्मको गीत रिलिज कार्यक्रममा शिव श्रेष्ठ र भुवन केसीले अभिनेत्री गौरी मल्ललाई महानायिकाको संज्ञा दिएपछि यो विषयले पुनः चर्चा पाएको हो ।

यो विषयलाई लिएर सामाजिक संजालमा करिश्मा मानन्धरका प्रशंसक र भुवन केसी पक्षधर फ्यानहरु बाझाबाझमा ओर्लिएका छन् । केही मिडिया र निजी संस्थाले राजेश हमाल र करिश्मा मानन्धरलाई कार्यक्रममार्फत महानायक र महानायिकाको उपाधि बाँडेका थिए ।

उक्त कार्यक्रममा भुवनले शिव श्रेष्ठलाई महानायक र गौरी मल्ललाई महानायिकाको उपाधि दिएका थिए । विवादमा पर्ने डरले गौरी मल्लले भने आफूलाई पदभन्दा दर्शकको माया ठूलो भएको जवाफ दिएकी थिइन् ।

महानायकको चर्चाबीच राजेश हमालले बुधबार फेसबुकमार्फत लेखेका छन् : कर्म सहि गर,  फल प्राप्त हुनेछ ।’ महानायक विवादको टाइम एन्ड स्पेसलाई हेर्ने हो भने राजेश हमालको यो स्टेटस सोही विवादलाई लिएर लक्षित देखिन्छ ।

सुरुआतदेखि नै शिव श्रेष्ठ र भुवन केसीसँग महानायक विवादकै कारण राजेशको सम्बन्ध हार्दिक छैन । यस्तोमा, हमालको उक्त फेसबुक स्टेटस यही विवादतर्फ लक्षित भएको बुझ्न कठिन छैन । उनको यो डिप्लोमेटिक जवाफलाई लिएर अहिले फिल्मवृत्तमा चर्चा चलेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर