राष्ट्रसंघीय महासभामा पनि आफूलाई सहभागी गराउन तालिबानको आग्रह – Nepal Press

राष्ट्रसंघीय महासभामा पनि आफूलाई सहभागी गराउन तालिबानको आग्रह

प्रवक्ता साहिनलार्ई तालिबानले तोक्यो राष्ट्रसंघको राजदूत

काबुल । तालिबानले आफूलाई पनि राष्ट्रसंघीय महासभामा आफूलाई सम्बोधनको मौका दिन राष्ट्रसंघलाई आग्रह गरेको छ ।

सोमबार राष्ट्रसंघलाई पत्र लेख्दै तालिबानद्वारा गठित अफगानिस्तान सरकारका नयाँ विदेशमन्त्रीले यस्तो आग्रह गरेका हुन् । राष्ट्रसंघले तालिबानको आग्रहलाई जवाफ दिने तयारी गरेको छ ।

तालिबानले दोहामा रहेका आफ्ना प्रवक्ता सुहेल साहिनलाई राष्ट्रसंघको लागि अफगानिस्तानको दूतमा नियुक्त गरेको छ । गत महीना सत्ता नियन्त्रणमा लिएको तालिबानले अघिल्ला सरकारका राजदूतले मुलुकको प्रतिनिधित्व गर्न नसक्ने समेत बताएको छ ।

तालिबानको अनुरोधलाई लिएर अमेरिका, चीन, रुससहितको एउटा राष्ट्रसंघीय समितिले विचार गर्नेछ । आगामी सोमबारसम्म यसबारे निष्कर्ष निस्कने सम्भावना भने कम छ ।

त्यो निर्णय नहुञ्जेलसम्म गुलाम इसाकजाइ नै राष्ट्रसंघका लागि अफगानिस्तानका राजदूत कायम हुनेछन् । उनले सेप्टेम्बर २७ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर