नेपालमा आदिबासीको अन्तर्य र जातीय द्वन्द्वको बिउ – Nepal Press
नेपाल चिन्तन

नेपालमा आदिबासीको अन्तर्य र जातीय द्वन्द्वको बिउ

नेपालमा केही वर्षहरुदेखि सामाजिक, जातीय र क्षेत्रीय सद्भाव तथा सार्वभौमिक अखण्डतामा खलल हुने खालका अनेक चर्चा भइरहेको छ । कुन जाति आदिबासी र कुन अनादिबासी भनेर नियोजित रुपमा द्वन्द्व चर्काउने खेल भइरहेको छ ।

इतिहासकारहरुका अनुसार नेपालमा हालको नेपाल र त्यस वरिपरिका ठूला एवम् शक्तिशाली पाँच समृद्ध राज्य लामो समयसम्म अस्तित्वमा थिए । विशाल जुम्ला राज्य, विशाल डोटी राज्य (हाल भारतको उत्तराखण्डको कुमाउ गडवालसमेत), काठमाण्डौ उपत्यका र वरिपरिको भूभाग समेटिएको राज्य, मिथिला राज्य (जनकपुरलगायत बिहारको मधुवनी, सितामणिसमेत गरी मैथिली भाषी क्षेत्र) र हाल बारा जिल्ला र वरिपरिको भोजपुरी भाषी सीमावर्ती भारतीय भूभागसमेत समेटिएको सिम्रौनागढ राज्य अस्तित्वमा थिए ।

यी प्रख्यात, सभ्य प्राचीन समकालीन राज्यहरु थिए । अरु स-साना ट्राइबल राज्यहरु पनि अस्तित्वमा थिए । सिमरौनागढ राज्यलाई बङ्गालका सुल्तानले आक्रमण गरेर लुटेपछि त्यहाँका राजा भागेर भक्तपुर गएर शरण लिएर बसे ।

काठमाडौं उपत्यकामा पनि प्राचीन कालमा महिशपाल (भैंसी पालेर गुजारा गर्ने जाति), किराँत, बिहारको बैशालीबाट आएका लिच्छवी, मिथिला क्षेत्रबाट आएका तिरहुतिया आदिले शासन गरेको इतिहासमा पाइन्छ । मध्यकालमा भारतबाट आएका मल्ल राजाहरुले शासन गरे । लिच्छवीकालको शासनलाई नेपालको इतिहासमा ‘स्वर्ण युग’ मानिएको पाइन्छ ।

त्यसपछि विदेशी आक्रमणकारीबाट जिउधन, धर्म, संस्कृतिको रक्षा गर्न एकीकृत, विशाल एवं आर्थिक र सैन्य रुपमा मजबुत राज्यको आवश्यकता महसुस हुन थाल्यो । फलस्वरुप गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाहको राज्य एकीकरण गरी विदेशीको उपनिवेश कायम हुनबाट बचाइ धर्म संस्कृति र पहिचानको रक्षा गर्ने अभियानलाई तराईका जनताले सहर्ष स्वीकार गरे ।

राज्यहरु एकीकृत हुने र विभाजन हुने क्रम चलि नै रह्यो । मानिसहरु राम्रो अवसर र सुरक्षाको खोजीमा पूर्व, पश्चिम, उत्तर, दक्षिण जताततै बसाईं सर्न थाले । कुनै पनि ठाउँमा खास जतिको मात्र बाहुल्यता भेटिन कठिन थियो ।

काठमाडौं उपत्यकामा पनि प्राचीन कालमा महिशपाल (भैंसी पालेर गुजारा गर्ने जाति), किराँत, बिहारको बैशालीबाट आएका लिच्छवी, मिथिला क्षेत्रबाट आएका तिरहुतिया आदिले शासन गरेको इतिहासमा पाइन्छ । मध्यकालमा भारतबाट आएका मल्ल राजाहरुले शासन गरे । लिच्छवीकालको शासनलाई नेपालको इतिहासमा ‘स्वर्ण युग’ मानिएको पाइन्छ ।

तिब्बत र भारतको उत्तरी भूभागतर्फ व्यापार गर्नेहरुबाट नेपालले कर उठाउने गर्दथ्यो । तिब्बतबाट नुन र सुन नेपाली भूभागहुँदै भारततर्फ निकासी हुन्थ्यो । तिब्बतको व्यापारमा नेपाली नेवारहरुको हालीमुहाली थियो ।

ल्हासाको व्यापार काठमाडौंका नेवारहरुको कब्जामा थियो । तिब्बतबाट कच्चा सुन ल्याएर नेपालमा प्रशोधन गरेबापत ४० प्रतिशत सुन नेपालले लिन्थ्यो । लिच्छवीकालीन राजा अंशुबर्माको कैलाशकूट भवन सुनले बनेको कुरा सातौं शताब्दीमा नेपाललगायत भारत भ्रमण गरेका चिनियाँ यात्री हु एन सानले लेखेको ‘यात्रा वृतान्त’मा उल्लेख गरेका छन् ।

चीन सरकारले उक्त दुर्लभ पुस्तकलाई संरक्षण गरेर राखेको छ । तिब्बतलाई नेपालले पछिल्लो प्राचीनकाल, मध्यकाल र राणाकालमा समेतमा अर्धउपनिवेश बनाएको पाइन्छ । नेपाली मुद्रा नै तिब्ब्तमा चल्दथ्यो । नेपाल र तिब्बतबीच पटक–पटक युद्ध भएर नेपालले जितेको थियो ।

तिब्बतले नेपाललाई वार्षिक रुपमा कर (पछिल्लो सन्धीअनुसार १०,००० रुपैयाँ) बुझाउनु पर्दथ्यो । तिब्बतमाथि कब्जा जमाएपछि चीनले नेपाललाई एकमुष्ठ ६ करोड रकम अनुदान दिएपश्चात नेपाल–तिब्बत सन्धी खारेज भएको इतिहासमा पाइन्छ ।

भारतीय इतिहासकारका अनुसार भारतको धेरै भागहरुमा करिब ८०० वर्षसम्म मुस्लिम शासकले शासन गरे । पहिले ५०० वर्ष एवम् केही शताब्दीको अन्तरालपछिको ३०० वर्ष मुगल शासकहरुले शासन गरेका थिए ।

टर्की, इरान, मध्य एसियाबाट अफगानिस्तान, पाकिस्तानहुँदै आएका मुस्लिमले आक्रमण गरेर हिन्दू, बुद्धिष्ट, जैन, जौराष्ट्र, शिख धर्मावलम्बी भएका ती राज्यहरुलाई पराजित गरी शासन गरेर त्यहाँका जनतालाई इस्लाम कबुल बन्न आह्वान गरे । ॐकारवादी जनता एवम् शासकहरु उदार र हिंसामा विश्वास नगर्ने भएकोले मुस्लिम आक्रमणकारीलाई जित्न सजिलो भयो ।

प्राचीनकालदेखि नै व्यापारीहरु भारतको दक्षिण तटीय क्षेत्रमा उत्पादित मसला (दालचिनी, ल्वाङ, सुकुमेल आदि) अरबी मुलुकमा लैजाने उद्देश्यले आए । उनीहरुले स्थानीय गैर–मुस्लिम महिलासँग विवाह गरे । श्रीमती र सन्तानहरुलाई इस्लाम कबुल गर्न लगाए । त्यसपछि श्रीमतीमार्फत उनका माइती पक्षका मानिसहरुलाई पनि इस्लामीकरण गर्दै गए ।

विस्तारै पूरा टोल, गाउँसमेतमा इस्लाम फैलिए । मस्जिद निर्माण गर्न थाले । त्यस्तै दक्षिण भारतको गोवामा पनि ख्रिश्चियन धर्मावलम्बी पोर्चुगालीहरु मसलाको व्यापार गर्न आएर बसे । यिनीहरुले चर्च निर्माण गरेर ख्रिश्चियन घर्मको प्रचार गर्न थाले ।

बृटिश शासनपूर्व करिब ३०० वर्षसम्म भारतको धेरै भागमा मुस्लिम मुगल शासकहरुले राज्य गरेका थिए । मध्य एसियाको उज्बेकिस्तानका प्रख्यात लडाकु बाबरले अफगनिस्तानहुँदै दक्षिण एसिया आएर १६ औं शताब्दीमा मुगल साम्राज्य स्थापना गरेका थिए ।

केरालाको माही भन्ने ठाउँमा व्यापार गर्न फ्रान्सबाट फ्रेन्चहरु आएर बस्न थाले । यिनले पनि ख्रिष्चियन धर्म फैलाउन थाले । त्यसपछि व्यापार गर्न आएका बृटिश इष्ट इण्डिया कम्पनीले ७०० भदा बढी राज्यहरुलाई लडाइँमा जितेर, कसैलाई धम्क्याएर, कसैको सेनापति र राजालाई किनेर विशाल राज्य बनाए । बर्मा (हालको पाकिस्तान)समेत मिलाएर सन् १७५७ मा शक्तिशाली बंगालका नवाफलाई बृटिशले हराएपछि विशाल साम्राज्य बनाए र त्यसको नाम इण्डिया राखे । र, २०० वर्षसम्म शासन गरे ।

मुस्लिमहरुले हिन्दू, बौद्ध, शिख, जैन, जौराष्ट्र आदि धर्मावलम्बीहरुलाई आफ्नो धर्मले विस्थापन गर्ने अथक प्रयास गरे । तर ती धर्महरु मासिएन । बृटिशले बलजप्mती धर्मान्तरण नगरे पनि ख्रिष्चियन धर्मप्रति आकर्षण बढाए ।

जातमा आधारित तत्कालीन हिन्दू सामाजिक संरचनाका कारण कतिपय दलितलाई इस्लाममा आकर्षित गरी धर्मान्तरण गर्न सहज भयो । भारतका ८० प्रतिशतभन्दा बढी मुस्लिमहरु हिन्दू र बुद्ध धर्मबाट बलजप्mती इस्लाम कबुल गर्न बाध्य भएका हुन् भन्ने भारतीय इतिहासकारहरुको भनाइ छ ।

बृटिश शासनपूर्व करिब ३०० वर्षसम्म भारतको धेरै भागमा मुस्लिम मुगल शासकहरुले राज्य गरेका थिए । मध्य एसियाको उज्बेकिस्तानका प्रख्यात लडाकु बाबरले अफगनिस्तानहुँदै दक्षिण एसिया आएर १६ औं शताब्दीमा मुगल साम्राज्य स्थापना गरेका थिए । पछिल्लो प्राचीनकालमा दिल्लीका अन्तिम हिन्दू राजा पृथ्वीराज चौहान थिए । यिनलाई हालको अफगानिस्तानका एउटा राज्यको शासक मोहम्मद घोरीले पटक–पटक आक्रमण गरेर परास्त गरी पहिलोपटक दिल्लीमा मुस्लिम राज्यको स्थापना गरेका थिए ।

कतिपय अनुदारवादी मुस्लिम शासकहरुले गैरमुस्लिम नागरिक (जसलाई काफिर पनि भनिन्छ)लाई अधिक कर लगाइदिए । भेदभावपूर्ण व्यवहार गर्न थाले । केही शासकहरु (जस्तै औरङगजेव, हुमायु आदि )ले मन्दिर, स्तुप, जैन मन्दिर भत्काएर त्यहाँको सुन, चाँदी खजाना लुटेर मस्जिद समेत बनाए ।

केही इतिहासकारका अनुसार हालको भारतको मध्यभागमा पर्ने मध्यदेशबाट अवसर र सुरक्षाको खोजीमा नेपाल पसेका मानिसहरुलाई मधेसी भन्न थालियो । बृटिश शासनकालमा हालको मध्यप्रदेशलाइ सेन्ट्रल प्रोभिन्स भनिन्थ्यो । त्यस्तै उत्तर प्रदेशलाई युनाइटेड प्रोभिन्स नामाकरण गरिएको थियो ।

सोमनाथ मन्दिर ७ पटकसम्म आक्रमणमा परेको थियो । भारतमा प्राचीन सोमनाथ मन्दिर मुगल शासकले भत्काएर नष्ट गरेपछि नेपालका मल्ल राजाले पाटनमा सोमनाथ मन्दिर बनाएको इतिहासमा उल्लेख छ ।

मुस्लिम शासकले इस्लामीकरणमा जोड दिए पनि अकबरले धार्मिक सहिष्णुता कायम राखेका थिए । इस्लाम शासनकालमा भारतमा आधुनिक हतियार निर्माण, कलात्मक भवन, उद्योग, व्यापार जस्ता क्षेत्र फस्टाएको थियो ।

मुस्लिम शासनकालको बंगाल क्षेत्र आर्थिकरुपले अत्यन्त समृद्ध रहेको भारतीय इतिहासमा उल्लेख भएको पाइन्छ । केही क्रुर मुस्लिम शासकले गैरमुस्लिमको आम नरसंहार समेत गरेको इतिहासकारहरुको भनाइ छ ।

नेपालमा मंगोलियन, आर्यन (ककसियन) मूलका जाति एवं तीनवटै रेसको वर्णशंकर (क्रस) जातिको समिश्रण भएको पाइन्छ । दक्षिण एसियामा भएका ३ प्रमुख जातिः मंगोल, आर्यन, द्रविण हुन् । तीमध्ये विशुद्ध द्रविण नेपालमा पाइँदैनन् । द्रविणहरु मुख्यतया दक्षिण भारत र श्रीलंकामा बस्दछन् ।

सन् १२०२ मा हालको बिहारको राजधानी पटनावाट ९० किमि पूर्वतर्फ अवस्थित प्राचीन नालन्दा विश्वविद्यालयलाई तेस्रोपटक आक्रमण गरी दिल्लीका खाल्जीको नेतृत्वमा जलाएर नष्ट गरियो । त्यहाँका केही गैरमुस्लिम, खासगरी हिन्दू, बुद्धिस्ट, जैन, वैष्णव, शिखहरु आफ्नो धर्मको रक्षाको लागि हालको नेपाल प्रवेश गरे ।

नेपाल आएर कोही तराईमा बसे, कोही पहाडमा । अहिले पनि तराई र पहाडमा एउटै थर, गोत्र, सँस्कार र परम्परा भएका मानिसहरु बसेको पाइन्छ । भारत र नेपालमा एउटै जात, गोत्र, धार्मिक सँस्कार भएको मानिसहरु पाइन्छन् ।

केही इतिहासकारका अनुसार हालको भारतको मध्यभागमा पर्ने मध्यदेशबाट अवसर र सुरक्षाको खोजीमा नेपाल पसेका मानिसहरुलाई मधेसी भन्न थालियो । बृटिश शासनकालमा हालको मध्यप्रदेशलाइ सेन्ट्रल प्रोभिन्स भनिन्थ्यो । त्यस्तै उत्तर प्रदेशलाई युनाइटेड प्रोभिन्स नामाकरण गरिएको थियो ।

त्यसैगरी मंगोलियाका सम्राट एवं प्रशिद्ध लडाकु नेता चङ्गेज खान (यिनी पदवी खान भए पनि मुस्लिम नभएर बुद्धिस्ट थिए)ले १३ औं शताब्दीमा ग्रेटवाल क्रस गरेर चीनको धेरैजसो भूभागको साथै तिब्बतको धेरै भूभागहरु कब्जा गरी राज्य गरे ।

त्यसपछि मंगोलियाबाट चीन तिब्बतहुँदै नेपालमा धेरै मंगोलियन मूलका मानिस प्रवेश गरे । तिनीहरुलाई मंगोल भनियो । चिनीयाँहरु मंगोलियन मूलका मानिसलाई ‘मङ्गु’ भन्छन् । तिब्बतको चिसो मरुभूमिभन्दा धेरै रसिलो र उब्जाउयुक्त भएको थाहा पाएर उनीहरु नेपालतर्फ आकर्षित भए ।

आर्यन जातिको उत्पति मध्यएसियाको ककेसस क्षेत्रमा भएको मानिन्छ । त्यहाँबाट केही मानिसहरु चिसो भूभाग युरोपतर्फ गएर बसे । उनीहरुको छाला गोरो हुन गयो । केही अरब क्षेत्र, अफगानिस्तान, पश्चिम एसिया, पाकिस्तान, नेपाललगायत दक्षिण एसियामा आएर बसे ।

केहीलाई तिब्बतमा व्यापार गर्ने नेपाली नेवार व्यापारीहरुले पनि नेपाल ल्याए र काठमाडौं जिल्ला वरपरको चिसो पहाडी भूभागमा बसाए । विस्तारै यिनीहरु फैलिँदै पूर्व र पश्चिमतर्फ पनि गए ।

नेपालमा मंगोलियन, आर्यन (ककसियन) मूलका जाति एवं तीनवटै रेसको वर्णशंकर (क्रस) जातिको समिश्रण भएको पाइन्छ । दक्षिण एसियामा भएका ३ प्रमुख जातिः मंगोल, आर्यन, द्रविण हुन् । तीमध्ये विशुद्ध द्रविण नेपालमा पाइँदैनन् । द्रविणहरु मुख्यतया दक्षिण भारत र श्रीलंकामा बस्दछन् ।

केही मलेसिया, सिंगापुर र केही अन्य देशहरुमा पनि गएर बसेको पाइन्छ । वैज्ञानिकहरुका अनुसारको द्रविण जातिको डिएनए अफ्रिकीसँग मिल्छ । तिनीहरु आफूलाई आर्यन र मंगोलभन्दा पहिले हालको भारतमा आएकोले आदिबासी मान्दछन् । आर्यन र द्रविण जातिमध्ये को पहिला भारत आएका हुन् भन्नेमा इतिहासकारहरुमा विवादित छन् ।

वेद र उपनिषदहरुमा कुनै जात, भेदभाव झल्किने कुराहरुको उल्लेख भएको पाइँदैन । सनातन धर्म कति पुरानो हो भनी कुनै सीमा देखिँदैन । राम ७००० वर्ष पहिले द्वापरयुगमा र कृष्ण ५००० वर्ष त्रेतायुगमा जन्मेको विश्वास गरिन्छ ।

आर्यन जातिको उत्पति मध्यएसियाको ककेसस क्षेत्रमा भएको मानिन्छ । त्यहाँबाट केही मानिसहरु चिसो भूभाग युरोपतर्फ गएर बसे । उनीहरुको छाला गोरो हुन गयो । केही अरब क्षेत्र, अफगानिस्तान, पश्चिम एसिया, पाकिस्तान, नेपाललगायत दक्षिण एसियामा आएर बसे ।

आर्यनको नाक लामो, आँखामाथिको भाग उठेको देखिन्छ । वैदिक प्राचीन कालमा नेपाललाई ‘हिमवत खण्ड’ भनिन्थ्यो । यसलाई हिमालय पर्वत, ब्रह्मपुत्र नदी, पामिर पर्वत र गंगा नदीले छुट्याएको थियो । गंगा नदी दक्षिणको भूभागलाई भारत खण्ड भनिन्थ्यो । दुवैको सम्पूर्ण क्षेत्रलाई समेटिएको भूभागलाइ भारत वर्ष भनिन्थ्यो । भारत वर्ष युरोपियन युनियन जस्तै करिब उस्तै भाषा, सँस्कृति, परम्परा भएका विभिन्न देशहरुको समूह थियो ।

वेद र उपनिषदहरुमा कुनै जात, भेदभाव झल्किने कुराहरुको उल्लेख भएको पाइँदैन । सनातन धर्म कति पुरानो हो भनी कुनै सीमा देखिँदैन । राम ७००० वर्ष पहिले द्वापरयुगमा र कृष्ण ५००० वर्ष त्रेतायुगमा जन्मेको विश्वास गरिन्छ । इस्लाम धर्म १४०० वर्ष अगाडि साउदी अरेबियाबाट शुरु भएको हो । ख्रिश्चियन धर्म करिब २००० वर्ष अगाडि र बुद्ध धर्म करिब २५६० वर्ष अगाडि शुरु भएको हो ।

अब को आदिबासी, को अनादिबासी र कुन जाति कहिले, कहाँबाट आए भन्ने सम्बन्धमा विवाद गर्नु जरुरी छैन । विवाद बढाएर निहीत राजनैतिक स्वार्थ पूरा गर्न खोज्ने नेतृत्वभन्दा सामाजिक, जातीय सद्भाव र राष्ट्रिय एकता र अखण्डतामा जोड दिने नेताको खाँचो छ ।

नेपालमा सिंगापुरका नेता लिक्वान यू, मलेसियाका नेता महाथिर मोहम्मद, रुवाण्डाका नेता पाउल कागामे जस्तो राष्ट्रिय एकता, सामाजिक, जातीय र क्षेत्रीय एकतालाई प्रवद्र्धन गरी देशलाई विकासको प्रष्ट खाकासहित समृद्धितर्फ लैजाने दूरदर्शी नेताको खाँचो छ ।

प्रतिक्रिया

2 thoughts on “नेपालमा आदिबासीको अन्तर्य र जातीय द्वन्द्वको बिउ

  1. जानिराखौ !!!!!!!!!!!!!! जानिराखौ !!!!!!!!!!!!!!!!!!!!!!!! आफूसंगै अरुलाई पनि भ्रम मुक्त गराऔ !!!!!!!!!!!!!!!!!!!
    नेपाल बास्तवमा उत्तर, पुर्बी अनि दक्षिण छेत्र बाट नेपाल छिरेका मंगोलियन हरु र पश्चिम अनि दक्षिण बाट नेपाल छिरेका आर्यन हरुको संगम स्थल हो || नेवार समुदाय चाही बहुसंख्यक आर्यन र मंगोलियन हरुको समिश्रण हो | हामि खसआर्य जातिका ( ब्राह्मण, छेत्री, ठकुरी, सन्यासी, दलित ) मानिस हरु धेरै नै पहिले मद्य एशिया बाट आएका मानिन्छ !! हामि खसआर्य जाति हरु हजारौ हजार वर्ष पहिले मध्येएसिया, कश्मिर,पहिलेको बिसाल नेपालमा पर्ने हिमान्चल प्रदेश — कुमाउ -गढवाल हुदै पश्चिम नेपालबाट कर्णाली आएका हौ भन्छन विद्वानहरु — जति बेला भारत भन्ने देश को अस्तित्व नै थिएन !! मंगोलियन मूल का हरु भोट, मंगोलिया , बर्मा , भारत बाट नेपाल छिरेका हुन् !, जुन क्रम अहिलेपनि जारि छ !!! अनि थारु र अरु तराइका जनजातिहरु र अरु मधेसी भनिनेहरु अनि बिहारी र यूपीमुलका नया नेपालीहरु कहाँबाट नेपाल छिरे-छिरिरहेका छन्, मैले भनिरहन नपर्ला ! तेसैले डलरमा बिकेका बिखण्डनकारी जातीय उग्रबादी हरुले खसआर्य बिरुद्ध फैलाएका भ्रम ((खसआर्य हरु आप्रबासी र भोट मुलका हरुचाही सिधै नेपालको आकासबाट खसेको, अनि मदेसी हरु धर्तीपुत्र रे…. हाहाहा )) लाइ नबुझेर साच्चै सत्य जस्तै ठान्दै हिनताबोध गर्नु जरुरि छैन !!! आफूसंगै अरुलाई र जातीय उग्रबादिहरुलाई पनि यथार्थ बताएर भ्रम मुक्त गराऔ !!!!!!!!!!!!!!!!!!!!!!! संकीर्ण जातीय पहिचान भन्दा पनि रास्ट्रिय नेपाली पहिचानमा गर्ब गरौ !!!!!!!!!!! जय नेपाल, जयनेपाली!!!!!!!!!!!!!!!!!!!!!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *