गेटाफेसँग पछि परेको एट्लेटिकोलाई स्वारेजको उद्दार, अपराजित यात्रा कायमै – Nepal Press

गेटाफेसँग पछि परेको एट्लेटिकोलाई स्वारेजको उद्दार, अपराजित यात्रा कायमै

एजेन्सी । लुईस स्वारेजले खेलको अन्त्यतिर २ गोल गरेपछि स्पेनिस ला लिगामा साविक विजेता एट्लेटिको मड्रिडले छिमेकी क्लब गेटाफेमाथि पुनरागमन जित हासिल गरेको छ ।

गेटाफेले सन् २०११ पनि पहिलोपल्ट एट्लेटिकोमाथि गोल गर्न सकेको हो । स्टेफन मेट्रभिचको हेडर रोक्ने क्रममा गोलरक्षक जाल ओब्लाकले आफ्नै पोष्टमा गोल गर्न पुगेका थिए । पहिलो हाफको अन्त्यतिर गेटाफेले यही आत्मघाती गोलमार्फत अग्रता बनाएको थियो ।

डिएगो सिमोनीले एटलेटिको संहालेयताको २० खेलमा गेटाफेले पहिलोपल्ट एट््लेटिकोमाथि गोल गर्न सकेको हो । तर ७४ औं मिनेटमा कार्लेस एलेनाले रातो कार्ड पाएपछि १० खेलाडीमा समेटिएको गेटाफेले अग्रतालाई कायम राख्न सकेन । स्वारेजले २ गोल गरेसँगै लिगमा एट्लेटिकोको अपराजित यात्रा पनि कायम रह्यो ।

७८ औं मिनेटमा उनले मारियो हार्मोसोको पासलाई नियन्त्रणमा राख्दै बायाँ खुट्टाले शशक्त प्रहार गरी बराबरी गोल गरे । अन्तिम मिनेटमा सिम साल्ज्कोको क्रसमा हेडमार्फत गोल गरी तीन अंक दिलाए ।

स्वारेजले एट्लेटिकोको लागि पछिल्लो ६ खेलमा १ गोलमात्र गर्न सकेका थिए । उनले यसअघि नै भनेका छन्, ‘शीर्ष स्तरमा हरेक खेलाडीले आलोचनासँगै सिक्नु पनि जरुरी हुनेछ । तर म जे गर्छु त्यसबाट कहिल्यै हार मान्दिनँ । म आलोचनाबाट हार मान्दिनँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर