निगमका आन्दोलित कर्मचारीको प्रधानमन्त्रीलाई पत्र, उडान सञ्चालन रोक्ने चेतावनी – Nepal Press

निगमका आन्दोलित कर्मचारीको प्रधानमन्त्रीलाई पत्र, उडान सञ्चालन रोक्ने चेतावनी

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगममा आन्दालनरत कर्मचारीले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ४ बुँदे मागपत्र पेश गरेका छन् । माग पूरा नभए निगमको ग्राउन्ड ह्यान्डलिङ र उडान सञ्चालनमा अवरोध पुर्याउने उनीहरुको चेतावनी छ ।

वायुसेवा निगम कम्पनीकरणको निर्णय रोक्नुपर्ने कर्मचारीले माग गरेका छन् । यस्तै, निगमका महाप्रबन्धकलाई बर्खास्त गर्नुपर्ने, महाप्रबन्धको ३०० प्रतिशत तलववृद्धि खारेज गर्नुपर्ने, सञ्चालक समितिमा व्यवसायीक स्वार्थ बाझिने संस्था अवद्ध व्यक्तिको नियुक्त खारेज गरी नयाँ विज्ञ नियुक्त गर्नुपर्ने माग राखिएको छ ।

आन्दोलनमा निगमका एक तहदेखि ११ औं तहसम्मका कर्मचारीको सहभागिता रहेको पत्रमा उल्लेख छ । पर्यटन मन्त्रालयले गत २३ गते सञ्चालक समितिको बैठक बस्न नसकी तलव निकासा हुन नसकेको भनि गरेको पत्राचारले विभागीय मन्त्रालयलाई समेत गुमराहमा राखिएको प्रष्ट हुने बताइएको छ ।

‘आम कर्मचारीको तलवजस्तो आधारभूत शीर्षक हटाएर जहाज सञ्चालनमा बाधा पुग्ने गरी आफ्नो सेवा-सुविधा चाहिँ कायम राख्ने उक्त निर्णयगर्ने सञ्चालक समिति सदस्य र महाप्रवन्धकलाई बर्खास्त गर्न जोडदार माग गर्दछौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *