ओली सरकारभन्दा अगाडि राजदूत भएका प्रधानमन्त्रीकी सासू र शर्मिला पराजुली फिर्ता हुन्छन् ? – Nepal Press

ओली सरकारभन्दा अगाडि राजदूत भएका प्रधानमन्त्रीकी सासू र शर्मिला पराजुली फिर्ता हुन्छन् ?

काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकले पूर्ववर्ती सरकारले राजनीतिक कोटामा नियुक्त गरेका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । सरकारको यो निर्णयअनुसार पूर्ववर्ती केपी शर्मा ओलीले नियुक्त गरेका १० राजदूत फिर्ता हुने भएका छन् ।

सरकारको यो निर्णयमा ओली सरकारभन्दा अघिल्लो पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले नियुक्त गरेका दुई राजदूत शर्मिला ढकाल पराजुली (ओमान) र प्रतिभा राणा (जापान) पनि पर्छन् ।

मन्त्रिपरिषद्को यो निर्णयसँगै राणा र ढकाल पनि फिर्ता हुने भएका छन् । तत्कालिन केपी ओली सरकारले यी दुई राजदूतको कार्यकाल थप गर्दै अर्को व्यवस्था नहुञ्जेलसम्म निरन्तरता दिने निर्णय गरेको थियो ।

तर, आजको मन्त्रिपरिषद् बैठकको यो निर्णयपछि ओमानकी राजदूत ढकाल र जापानका लागि नेपाली राजदूत राणा पनि फिर्ता हुने एक मन्त्रीले नेपाल प्रेसलाई बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर