दशैंमा बाइक–स्कुटर किन्ने हो ? यस्ता छन् अफरै अफर – Nepal Press

दशैंमा बाइक–स्कुटर किन्ने हो ? यस्ता छन् अफरै अफर

काठमाडौं । धेरै नेपालीहरु नयाँ सवारीसाधन खरिदका लागि चाडबाड कुर्ने गर्छन् । खासगरी दशैंमा चारपाङ्ग्रे वा दुई पाङ्ग्रे सवारीसाधन खरिद गर्ने ट्रेन्ड रहेको छ । यसलाई बुझेर विक्रेताले पनि ग्राहक लोभ्याउन विभिन्न अफर ल्याउने गरेका छन् ।

नेपालमा सबैभन्दा बढी खरिद विक्री हुने सवारीसाधन भनेको मोटरसाइकल र स्कुटर नै हुन् । मध्यमवर्गीय उपभोक्ताहरुमा लोकप्रिय मोटरसाइकल तथा स्कुटरमा यस वर्ष पनि विक्रेताहरुले विभिन्न अफरहरु ल्याइरहेका छन् । केहीले नगद छुट त केहीले उपहारहरु दिएर उपभोक्ता लोभ्याउने प्रयास गरेका छन् ।

के–के छन् अफर ?

बजाज

दशैंको अवसरमा केही दिनअघि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले ‘बजाज खुसीको ३ डोज’ योजना सार्वजनिक गरेको थियो । यसअन्तर्गत ग्राहकले कुनै पनि बजाज मोटरसाइकल किन्नुभन्दा पहिले, किन्ने समयमा र किनिसकेपछि नगद पुरस्कार प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ ।

बाइक किन्नुभन्दा पहिले १० हजार रुपैयाँसम्म अग्रीम नगद, खरिदको समयमा १ लाख रुपैयाँसम्म नगद तथा बम्पर अफर अन्तर्गत कुनै पनि अधिकृत डिलरबाट बजाज मोटरसाइकल किनिसकेपछि १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्न सकिने कम्पनीले बताएको छ ।

हिरो

नेपालका लागि हिरो बाइकको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङ प्रालिले ‘दसैंको बेला हिरोको मेला’ नामक योजना सार्वजनिक गरेको छ । सो योजना अन्तगत हिरो मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले नगद छुट पाउने छन् । स्क्रयाचमार्फत् न्यूनतम ६ हजार रुपैयाँ र अधिकतम १ लाख रुपैयाँसम्म छुट पाउनेछन् । साथै बम्पर लक्की ड्रमार्फत् एकजनाले १ लाख रुपैयाँसम्म नगद कम्पनीले बताएको छ ।

 

सुजुकी

सुजुकी कम्पनीको बाइक तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्स प्रालिले ‘दशैं आयो उमंग छायो’ दशैं अफर सार्वजनिक गरेको छ । चाडपर्वलाई लक्षित गरी ग्राहकहरुलाई स्कुटरको खरिदमा १० हजार नगद छुट दिने भएको छ । प्रत्येक १५ दिनमा बम्पर उपहारस्वरुप इन्ट्रडर बाइक जित्न सकिनेछ ।

टिभीएस

टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ‘टीभीएस ६ प्राइजको सप्राइज’ योजना ल्याएको छ । दशैं अफर अन्तरगत ग्राहकले ६ पटकसम्म उपहार जित्न सक्नेछन् । बाइक तथा स्कुटरको खरिदमा हात खाली नहुने गरी विभिन्न उपहारहरु प्राप्त गर्न सक्ने छन् ।

बाइक तथा स्कुटर नकिने पनि कम्पनीको वेवसाइट टीभीएस नेपाल डट कम÷दशैंमा गएर १ लाख रुपैयाँसम्म उपहार र सवारी खरिद गर्दा १० लाख रुपैयाँसम्म नगद उपहार प्राप्त गर्न सकिन्छ । दैनिक रियलमी सी२० स्मार्टफोन पनि जित्न अफर रहेको छ । अपाचे आरआर ३१० बाइकसमेत जित्न सकिने छ ।

 

यामाहा

यामाहा मोटरसाइकल तथा स्कूटरहरूको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले ‘रेस फर द एस अफर’ शुरु गरेको छ । यस अन्तरगत यामाहाका बाइक खरिद गर्दा स्योर सट उपहारमा ८ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्मको नगद पुरस्कार छुट प्राप्त हुनेछ । बाइक खरिद गर्दा लक्की ड्र मा हरेक हप्ता एक जनाले ४ तोला सुन जित्ने छन् ।

कम्पनीले विजेता उपभोक्ताले लक्की ड्रको भन्दा ३ गुणा ज्यादा अर्थात् १२ तोला सुनको एक्का तास जितेर ‘रेस फर द एस’को सर्वाधिक भाग्यशाली विजेताको ताज पहिरिन सक्नेछन् ।

अन्य केही कम्पनीहरुले भने चाडपर्व अफर सार्वजनिक गर्न बाँकी रहेको बताएका छन् । प्रायः सबै बाइक र स्कुटर बिक्रेताहरुले १ वर्षको बीमा र सडक दस्तुर तिरिदिने गरेका छन् ।

Yamaha FZ 25 and FZS 25 prices reduced by up to ₹19,300


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर