स्वास्थ्य र शिक्षाले प्राथमिकता नपाएको मुख्यमन्त्री शाक्यको दुखेसो – Nepal Press

स्वास्थ्य र शिक्षाले प्राथमिकता नपाएको मुख्यमन्त्री शाक्यको दुखेसो

चितवन । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले स्वास्थ्य र शिक्षाले प्राथमिकता पाउन नसकेको दुखेसो गरेकी छन् ।

पूर्वीचितवनको बकुलहर रत्ननगर अस्पतालभित्र पीसीआर मेसिन र अक्सिजन प्लान्टको उद्‍घाटनमा ‍बोल्दै उनले सामाजिक विकास मन्त्रालय अन्तर्गत राख्दा शिक्षा र स्वास्थ्यले प्राथमिकता नपाएको बताइन् ।

‘स्वास्थ्य, शिक्षा र सामाजिक मन्त्रालय एकै ठाउँमा हुँदा स्वास्थ्य क्षेत्रमा पुहँच नपुगेकैले स्वास्थ्य मन्त्रालयनै फरक बनाइएको छ,’ उनले भनिन्, ‘ जनमुखी क्षेत्र भएकाले यी क्षेत्रलाई बढी प्राथमिकता दिएर व्यवस्थापन गर्नुर्छ ।’

बागमती प्रदेश सरकारको सहयोगमा पीसीआर मेसिन र अक्सिजन प्लान्ट जडान गरिएको हो । अक्सिजन प्लान्टको बागमती प्रदेशकी मुख्यमन्त्री शाक्य र पीसीआर मेसिनको प्रदेशका स्वास्थ्यमन्त्री प्रदिप कुमार कटुवालले उद्घाटन गरेका थिए । पूर्वी चितवनका चार नगरपालिकाले प्रदेश सरकार समक्ष पीसीआर मेसिनको माग गरेका थिए ।

रत्ननगर नगरपालिका प्रमुख नारायण वनले प्रादेशिक अस्पतालको रूपमा स्तरोन्नती भएपनि पर्याप्त सहयोग नपाएको गुनासो पोखे । ५० शैयाको बकुलहर रत्ननगर अस्पतालमा दैनिक ७ सय बिरामी उपचारका लागि आउने गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *