त्रिकोणात्मक शृंखला सकेर क्रिकेट टोली स्वदेश फिर्ता(भिडिओ) – Nepal Press

त्रिकोणात्मक शृंखला सकेर क्रिकेट टोली स्वदेश फिर्ता(भिडिओ)

काठमाडौं । विश्व कप क्रिकेट लिग- दुई अन्तर्गत त्रिदेशीय शृंखलाका लागि ओमान भ्रमणमा गएको नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार बिहान स्वदेश फर्किएको छ । प्रशिक्षक डेभ वाटमोरको नेतृत्वमा अन्तिम प्रतियोगिता खेल्न नेपाल ओमान गएको थियो ।

जहाँ पपुवा न्युगिनीविरुद्ध दुई अभ्यास खेल र त्रिदेशीय एकदिवसीय शृंखलामा चार खेल खेलेको नेपाली टोली आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको नेपाल दोस्रो खेलमा ओमानसँग सोही नतिजामा पराजित भएको थियो । तेस्रो खेलमा अमेरिकाविरुद्ध ६ विकेटको फराकिलो हार बेहोरेको नेपालले अन्तिम खेलमा ओमानलाई ७ विकेटले पराजित गरेको थियो ।

ओमान पुगे लगत्तै पदबाट राजीनामा दिएका मुख्य प्रशिक्षक डेभ वाटमोर भने ओमानबाट सोझै भारत गएका छन् । उनले पारिवारिक कारण देखाउँदै नेपाली टोलीसँगको सहकार्य अगाडि बढाउन नसक्ने बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर