बुटवलका मेयरलाई आक्रमण गर्ने युवक पक्राउ – Nepal Press

बुटवलका मेयरलाई आक्रमण गर्ने युवक पक्राउ

रूपन्देही । पहिरो क्षेत्रको अवलोकन गर्न गएका बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने स्थानीय गणेश पंगेनीलाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार गएको पहिरोको अवलोकन गर्न प्राविधिकसहितको टोली लिएर मेयर सुवेदी सो क्षेत्रमा गएका थिए ।

घटनापछि एमालेले उनलाई पक्राउ गरि छानविन गर्न माग गरेको थियो । सोमबार साँझ प्रहरीले बुटवलबाट उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका पंगेनीलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको डीएसपी मदन कुँवरले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर