जाँदाजाँदै ह्वाटमोरले भनेः नेपाली टिमसँग सुखद यादहरु संगालेर विदा हुँदैछु (भिडियो) – Nepal Press

जाँदाजाँदै ह्वाटमोरले भनेः नेपाली टिमसँग सुखद यादहरु संगालेर विदा हुँदैछु (भिडियो)

काठमाडौं । विश्वकप विजेता प्रशिक्षक डेभ ह्वाटमोर गत जनवरी १ देखि नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भए । तर, उनको यात्रा लामो हुन सकेन । ओमानमा सम्पन्न भएको त्रि-देशीय आईसीसी विश्वकप क्रिकेट लिग-२ सँगै उनी नेपाली टिमबाट विदा भएका छन् ।

पारिवारिक कारण देखाउँदै ह्वाटमोरले प्रशिक्षकबाट राजीनामा दिएका थिए । अन्तिम म्याचमा ओमानविरुद्धको शानदार जितले उनको बहिर्गमनको क्षण सुखद बनेको छ । पहिलोपटक एकदिवसीयमा ओमानविरुद्ध नेपालले जित हासिल गरेको हो ।

सँधै ओपनिङमा चुक्ने नेपालका लागि अहिले त्यो टाउकोदुखाइ ह्वाटमोरले अन्त्य गरेका छन् । ओपनिङमा जमेका दुई युवा व्याट्सम्यान कुशल भुर्तेल र आसिफ सेख उनका खोज हुन् ।

अन्तिम खेलपछि प्रतिक्रिया दिँदै ह्वाटमोरले नेपाली क्रिकेट समर्थक र क्रिकेटको सँधै याद आउने बताए । नेपालका मानिसहरु मिलनसार र उत्सुक रहेको भन्दै उनल प्रशंसा समेत गरे ।

‘त्यहाँका क्रिकेट समर्थकहरुको भिडल पनि धेरै कुरा बताउँछ । समग्रमा यो मेरालागि अद्भूत अनुभव रह्यो ।’

नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा धेरै प्रतियोगिताको आवश्यकता रहेको ह्वाटमोरले औंल्याए । ५० ओभरको खेलमा खेलाडीहरुले केही गल्तिहरु दोहोर्‍याइरहेको भन्दै उनले ब्याटिङमा ध्यान दिन सुझाव दिएका छन् ।

‘नौ महिनाको बनाइमा मेलै धेरै सुखद यादहरु पाएको छु, त्यही संगालेर बिदा हुँदैछु,’ उनले भने ।

प्रतियोगिताको दौरान धेरै महिना काठमाडौंमा बिताएको र यहाँको बसाई सुखद भएको उनले बताए ।

‘बिराटनगरको छोटो तर रमाइलो यात्रा भएको थियो, त्यहाँ मैले क्रिकेट खेल्न सुरुवात गरेकाहरुसँग एउटा अन्तरक्रिया गर्ने अवसर पाएको थिएँ । त्यो भ्रमण असाध्यै राम्रो भयो,’ ह्वाटमोरले सुनाए ।

हिजोको म्याचमा खेलाडीहरुको प्रदर्शनको उनले तारिफ गरेका छन् । नेपालले राम्रो तयारी गरेको र खेलाडीहरुले निकै मिहिनेत गरेको ह्वाटमोरले बताए ।

‘खेलाडीहरुको प्रदर्शनमा म गर्व गर्छु,’ उनले भने, ‘अघिल्ला दुई म्याचमा अलि निराशाजनक नतिजा आएको थियो । तर हामीले राम्रो रनरेटसहित लिग तालिकाको चौंथो स्थानमा रहेर यो सिरिजको समापन गर्यौ । त्यही सुखद पक्ष हो । ’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर